पोखरामा विश्व तेक्वान्दो हाङ्गमादाङ्ग सुरु (फोटो फिचरसहित)

सुदर्शन रञ्जित / एचकेनेपाल डट कम –
पोखरा, विश्व तेक्वान्दो हाङ्गमादाङ्ग औपचारिक रुपमा शनिबार पोखरामा सुरु भएको छ। शनिबार उपप्रधानमन्त्री भिम रावलले तीन दिने प्रतियोगिताको उद्घाटन गरेका हुन्।

पोखरा प्रदर्शनी केन्द्रमा जारी प्रतियोगितामा ९ सय भन्दा बढी खेलाडीको सहभागिता रहेको छ। प्रतियोगितामा नेपालका ४० भन्दा बढी जिल्लाका खेलाडी सहभागि छन्। प्रतियोगितामा राष्ट्रिय खेलाडीहरुको पनि सहभागिता रहेको छ।

भिन्ना भिन्नै एरिनामा भिन्न डिसीप्लेनका खेल भइरहेका छन्। प्रतियोगितामा सहभागि देशमा नेपालसहित भारत, भुटान, बंगलादेश र दक्षिण कोरिया रहेका छन्।

तेक्वान्दो महोत्सबको रुपमा रहेको यो स्पर्धामा स्पाइरिंगको साथै पुम्से, पावर ब्रेकिंग र एरोबीक्सका स्पर्धा समाबेश गरिएका छन्।

प्रतियोगिताको उद्घाटन गर्दै उपप्रधानमन्त्री रावलले खेलकुद नै राष्ट्रिय एकताको प्रतिक भएको बताउदै एकताको भावना खेलकर्मीबाट राजनितीज्ञले सिक्नु पर्नेमा जोड दिए।

उद्घाटन समारोहमा बिशिष्ट अतिथिको रुपमा नेपालका लागि कोरियाली राजदुत चोइ योंग जिन उपश्थित थिए। यसैगरी बिश्व तेक्वान्दो एकडेमी कुकीवानका उपप्रमुख ओह ह्योंग डुक र कुकीवानका निर्देशक आोह डेय योंगको पनि उपस्थिति थियो।

नेपाल तेक्वान्दो संघका अध्यक्ष प्रकाश समसेर राणाले नेपालले आयोजनाको अवसर पाउनु महत्वपूर्ण भएको बताए। उद्घाटन समारोहमा सांस्कृतिक प्रदर्शनी पनि भएको थियो। साथै रिलायन्स स्कुलका विद्यार्थीले डेमो प्रस्तुत गरेका थिए।

दक्षिण कोरिया बाहेक अन्य देशले आयोजनाको अबसर पाएको यो पहिलो पटक हो।

पछिल्लो समय नेपाली तेक्वान्दोप्रति अत्यन्त सकरात्मक रहेको छ। यसै क्रममा बिश्व तेक्वान्दो महासंघले ह््युमेनेटेरियन पाइलट प्रोजेक्ट नेपाललाई उपलब्ध गराएका थियो।

तस्वीरः सुदर्शन रञ्जित / एचकेनेपाल डट कम । थप तस्वीरहरु यहाँ हेर्नुहोस्





Comments

comments

Leave a Reply

11350