पोखरामा यसरी हुंदैछ ‘ मिनी सार्क ’ को तयारी

काठमाडौं, दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) को विदेश मन्त्रीस्तरीय बैठकको तयारी पूरा भएको छ।

पोखरामा चैत १ देखि ४ गतेसम्म हुन लागेको बैठकमा छ सदस्य मुलुकका विदेशमन्त्री उपस्थित हुने भएका छन्।

अफगानिस्तानबाट उपविदेशमन्त्री र पाकिस्तानबाट प्रधानमन्त्रीका विदेश मामिला सल्लाहकारले सहभागिता जनाउने परराष्ट्र मन्त्रालयले जनाएको छ।

यो सम्मेलन सार्कको ‘मिनी शिखर सम्मेलन’ मानिन्छ। बैठकमा सहभागी हुन सबै सदस्य मुलुकका विदेशमन्त्री चैत २ र ३ मा नेपाल आउने छन्।

बैठकले ०७१ मंसिरमा काठमडौंमा भएको शिखर सम्मेलनले पारित गरेका एजेन्डाको समीक्षा गर्ने खबर कान्तिपुर दैनिकमा छ।





Comments

comments

Leave a Reply

11596