वेलायतमा वातावरणीय साहित्य गोष्ठी सम्पन्न

रोशन मेवाहाङ / एचकेनेपाल डटकम-
लण्डन, चैत्र ७ । विश्व नेपाली साहित्य महा संघ शाखा बेलायत र केन्ट कलमको संयुक्त आयोजनामा अर्थ आवर साहित्यिक कार्यक्रम सम्पन्न गरेका छन्।

विदेशी भूमिमा रहेता पनि नेपाली भाषा र साहित्यको जगेर्ना गर्दै साहित्य सम्बन्धी फरकफरक कार्यक्रम गर्दै आएको विश्व नेपाली साहित्य महासंघ बेलायत शाखाले यस पटक भने आश्फोडस्थित गोर्खा भान्साघरको सभा कक्षमा साहित्यिक कार्यक्रमको आयोजना गरेको हो।

कार्यक्रमको शुरुवातमा संस्थाका सदस्य सुरेन्द्र ईग्नामले सभा कक्षाको बारेमा स्वास्थ्य तथा सुरक्षा सूचनाका जानकारी गराईएको कार्यक्रममा वातावरणविद विजय हितानले वातावरण सम्बन्धि कार्य-पत्र प्रस्तुत गरेका थिए । उक्त कार्य-पत्रलाई गीतकार जानु काम्बाङ लिङ्देनले सकारात्मक टिप्पणी गरेकी थिईन्।

संस्थाका केन्द्रीय अध्यक्ष विश्वासदिप तिगेलाको सभापतित्वमा सञ्चालन भएको कार्यक्रममा प्रमुख अतिथि नेपाल पत्रकार महासंघ शाखा बेलायतका अध्यक्ष नरेश खपाङ्गी मगर रहनु भएको थियो।

हरेक बर्ष उत्सव गरिने संस्थाको वार्षिक गोष्ठी कार्यक्रममा नेपाल प्रत्रकार महासंघ, बेलायत शाखाका अध्यक्ष नरेश खपाङगीलाई नेपाली ढाकाटोपी र खदा लगाईदिदै विशेष सम्मान गरिएको थियो। विदेशी भूमिमा रहेर पनि साहित्य क्षेत्रमा कलम चलाउनुहुने गीतकार करिश्मा घमको “गुनासो” कविता संग्रहलाई पत्रकार जानुका राईले र जानु काम्बाङ लिङ्देनको “शिविरमा ईश्वर” लाई साहित्यकार विजय हितानले समिक्षा गरेका थिए।

औपचारीक रुपमा शुरुवात गरिएको कार्यक्रममा गीतकार करिश्मा घमले स्वागत मन्तव्य राख्दै उपस्थिति सबैलाई स्वागत गर्नु भएको गोष्ठीलाई साहित्यकार जानुका राई र गीतकार संन्जिब पारादर्शी (डाइमण्ड लाहुरे)ले संयुक्त रुपमा संञ्चालन गरेका थिए।

बेलायतमा रहेका विभिन्न संघ संस्थाका प्रतिनिधिहरुलाई अतिथिमा निम्त्याईएको कार्यक्रममा अतिथिहरु केन्टवरी मगर संघका अध्यक्ष प्रेम मगर , औतारी साईला, फिप्रा काईला, खड्क गुरुङ, गीतकार थिर थापा, जानु काम्बाङ लिङ्देन,जनताको आवजबाट रोशन राई, संङिगया डटकमका प्रधान सम्पादक सुरेन्द्र ईग्नाम लगायत साहित्य अनुरागीहरुको बाक्लो उपस्थिति रहेको थियो।

गोष्ठीमा उपस्थित सर्जक तथा अन्य साहित्य अनुरागीहरुले कार्यक्रमको बिचबिचमा मुक्तक, गीत, कविता, गजलहरु बाचन गरिएको कार्यक्रममा बाँसुरीवादक सुरेन्द्र ईग्नाम र जीवन प्रकाश राईले साराङगीको धुनमा मिठो गीत “ए कान्छा ठट्टैमा ,यो बैश जान लाग्यो” प्रस्तुतले सभाहलको रौनक बढाएका थिए।

कार्यक्रमका अन्त्यमा गोष्टीका सभापति विश्वासदिप तिगेलाले नेपाली साहित्यको बारेमा र विश्व नेपाली साहित्य महासङ्घ कसरी स्थापना भएको हो भन्नेमा प्रष्टाउदै कार्यक्रममा उपस्थिति हुनु भएकोमा उपस्थित सम्पूर्ण साहित्य अनुरागीहरुलाई धेरै धेरै धन्यवाद प्रकट गर्दै कार्यक्रम समाप्त भएको घोषणा गरेका थिए।

हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

Leave a Reply

11684