धरानमा जम्दै गरेको फेशन शो (फोटो फिचरसहित)

सन्तोष काफ्ले-
धरान, साँस्कृति र संगीतसंगै फेसनको शहरको रुपमा नपालमै अग्रस्थानमा रहेको धरानमा लामो समयपछि ग्राण्ड फेसन सो भएको छ।

एस डव्लु फेसन परेडको आयोजनमा भएको फेसन सोमा नयाँ तथा व्यवसायीक २२ जना मोडेलहरुले क्याटवक गरेका थिए।

कार्यक्रममा विभिन्न जातिय परिहरन तथा स्थानीय उत्पादनहरुमा समेत स्टेजमा उतारिएको थियो।

सोमा व्राइडल ड्रेस, पार्टी वेयर, हातले वुनेका ढाकाको कपडाले वनेको कुर्ति, लेहेंगा, लिम्वु जातिहरुले लगाउने मेक्लि र मायाराज फेसन स्टोरको मिक्स क्याजुअल ड्रेसमा मोडल स्टेजमा देखा परेका थिए।


तस्वीरः सन्तोष काफ्ले / एचकेनेपाल डट कम। थप तस्वीरहरु हेर्न यहाँ क्लिक गर्नुहोस्

भिन्टेज इभेन्टसको आयोजना तथा र्याम वक मोडल एजेन्सिको संयोजनमा कंचनजंगा होटलमा आयोजित सोमा धरानका ४ जना पुरुषसहित २२ जना मोडलहरुले वाक गरेका थिए।

कोरियोग्राफर डिजे ललित राईको कोरियोग्राफीमा तथा स्पेल्न्डर वुटिकका प्रोपराइटर तथा डिजाइनर हेमा राईको डिजाइनको पहिरनमा मोडलहरु प्रस्तुत भएका थिए।

लामो समयपछि धरानमा फेसन सोमा संयौको संख्यामा उपस्थित भएका दर्शकहरुले अन्तिमसम्म साथ दिएका थिए।

राति ८ वजे देखि ११ वजे सम्म चलेको कार्यक्रममा धरानका मुन लाइट डान्स सेन्टरको नृत्य तथा स्थानीय कलाकारहरुले गीत गाएर थप मनोरञ्जन प्रदान गरेका थिए।





Comments

comments

Leave a Reply

11708