चीनले केरुङबाट काठमाडौं हुँदै लुम्बिनीसम्म रेलमार्ग बनाई दिने

काठमाडौं- चीन नेपालको आग्रह स्वीकार्दै केरुङबाट काठमाडौं हुँदै लुम्बिनीसम्म रेलमार्ग निर्माण गरिदिन सहमत भएको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीको जारी चीन भ्रमणका क्रममा उनले रेलमार्ग निर्माण गरिदिन गरेको आग्रहमा चीनले स्वीकारेको हो।

चीनले सहमति जनाएको नेपाली प्रस्तावमा रेलमार्ग केरुङबाट काठमाडौं हुँदै पोखरा पुग्ने र त्यहाँबाट लुम्बिनीसम्म विस्तार हुने उल्लेख छ।

चीनको क्यामसी नामक कम्पनीले यसअघि नै काठमाडौं पोखरा रेलमार्ग अध्ययन सुरु गरिसकेको खबर आजको नागरिक दैनिकमा छ।

यो पनि पढ्नुहोस्
२ घण्टामै काठमाडौंबाट पोखरा पुग्ने रेलमार्ग …





Comments

comments

Leave a Reply

11713