होस गर्नुस्, वैशाखपछि तपाईंको मोबाइल ब्लक हुन सक्छ

तपाईंले विदेशबाट ल्याउनुभएको वा अवैध रूपमा आयात भएको मोबाइल सेट बोक्नुभएको त छैन ? यदि त्यसो हो भने होस् गर्नुहोस्, तपाईको मोबाइल फोन ब्लक नै हुन सक्छ।

तपाईंले बोकेको मोबाइल सेटको विशिष्ट पहिचान अंक (आइएमइआई नम्बर) नहुन पनि सक्छ।

आइएमइआई नम्बर नभएका मोबाइल सेट ब्लक गराउने तयारी नेपाल दूरसञ्चार प्राधिकरणले गरेको छ । प्राधिकरणले तयार पारेको ‘राष्ट्रिय उपकरण पहिचान दर्ता’को आन्तरिम कार्यविधिमा आधिकारिक आइएमइआई नम्बर नभएका मोबाइललाई ब्लक गरिने उल्लेख छ।

तर, हाल नेपालभर प्रयोगमा रहेका सेटले भने ६ महिनाको म्याद पाउनेछन् । अर्थात्, हालसम्म नेपाल भित्रिएका सेटमा आधिकारिक आइएमइआई नम्बर नभएको पाइएमा सेवाप्रदायकले ६ महिनाभित्र त्यसको जानकारी प्रयोगकर्तालाई दिनेछन्।

त्यसपछि प्रयोगकर्ताले प्राधिकरणमा गएर मोबाइलको आइएमइआई नम्बर लिन सक्नेछन् । सेवाप्रदायकले जानकारी दिएको ६ महिनाभित्र पनि आइएमइआई नलिने प्रयोगकर्ताको मोबाइल भने स्वत: ब्लक हुने खबर नयाँपत्रिका दैनिकमा छ।





Comments

comments

Leave a Reply

11729