दुई राजेश अमेरिका जाँदै…

एचकेनेपाल डट कम संवाददाता –
नेपाली फिल्म क्षेत्रका महाहस्ती राजेश हमाल र अर्का गायनका बादशाह राजेशपायल राई कार्यक्रमका लागि अमेरिका जाने भएका छन्।

गत बैशाखमा गएको महाविनाशकारी भूकम्पमा परी ज्यान गुमाएका पीडित परिवार एवं भत्किएका विद्यालय पुननिर्माणको लागि सहयोग गरिने उक्त कार्यक्रमको आयोजना घासी नेपालले आयोजना गर्न लागेको हो।

राजेशका आलावा नायिका केकी अधिकारी र हास्यकलाकार सन्दीप क्षेत्रीको पनि प्रस्तुती रहने कार्यक्रम संयोजक रोशन हमाल ठकुरीले जानकारी दिए।

बैशाख १ गते नेपाली नयाँ वर्षसंगै हस्टनबाट शुरु हुने उक्त कार्यक्रम अमेरिकाको विभिन्न राज्यहरुमा हुने भएका छन्।

दुई राजेशको शो यो पहिलो पटक भने होइन। यो भन्दा अघि भारत, मलेसिया, कतार र अष्ट्रेलियामा यो जोडी जमिसकेको छ।

यो पनि हेर्नुहोस्





Comments

comments

Leave a Reply

11767