अर्चना पनेरु र हाम्रो ढोंगी समाज – भोला बिक्रम राई

भोला बिक्रम राई –
अहिले नेपाली भर्चुअल दुनियामा अर्चना पनेरुका बारेमा चर्चा (प्राय: नकारात्मक) चुलिदो छ। उनी यस्ती नेपाली युवती हुन् जस्ले स्वयं पहिलो चोटि पोर्न फिल्म खेल्छु र पोर्न स्टार बन्छु भनिन्। सेक्सका बारेमा खुलेर कुरा गर्न बर्जित जस्तै रहेको संकुचित नेपाली समाजमा यस्ता फिल्म खेल्छु भन्दा सबैले आश्चार्य मान्नु वा गाली गर्नु अस्वभाविक होईन। पछिल्लो समय उनको डेब्यू भनिएको ‘जिस्म’ चलचित्रको सम्पूर्ण युनिटलाई सुटिङ भईरहेको स्थानबाट नियन्त्रणमा लिई सम्पूर्ण सुटिङ सामाग्रीहरु जफत गरिएको समाचार नेपाली अनलाईन निउज् पर्टोल र सामाजिक संजालमा छ्यापछ्याप्ती बन्न पुगे। यसै सन्दर्भमा यो छोटो आलेखमा मेरो नितान्त ब्यक्तिगत बिचारहरु यहाँ प्रस्तुत गरेको छु।

हाम्रो ढोगी समाजिक

भोला बिक्रम राई

हामी नेपालीहरु जोजस्को ईन्टरनेटमा पहुँच छ उस्ले जीवनमा एकचोटि वा धेरैचोटि पोर्न फिल्म हेरेकै छौ, हेर्दैछौ। अझ त्यो भन्दा बढि गएर कम्प्यूटर वा मोवाइल डिभाईसमा यस्ता फिल्म वा क्लिपहरु सुरक्षित राखेका छौ र मौका पाउन साथ हेरर मज्जा लिन्छौ। जो जस्को ईन्टरनेटमा पहुँच छैन उनीहरुले पनि यौन (म अश्लील भन्दिन) साहित्य पढेर मज्जा लिएको छौ। यौन नै यस्तो बिषय हो जस्लाई मान्छेले पटक पटक अनुभव गरेर पनि सधै उस्तै उत्सुकतापूर्वक र रोमान्चितपूर्वक लिएको हुन्छ। तसर्थ यस सम्बन्धि फिल्म हेर्नु वा पुस्तक पढ्नुलाई स्वभाविक ठान्नु पर्छ। पाश्चात्य मुलुकमा यौनलाई नेपालमा जस्तो अनुदार वा संकुचित मानसिकताले हेरिदैन र यस सम्बन्धि खुलेर कुरा गरिन्छ। अर्थात उनीहरु जस्तो सोच्छन् तैस्तै ब्यवहार पनि गर्छन्। तर हामी नेपालीहरु द्वैत चरित्रका छौ, ढोगी छौ। बाहिर एउटा कुरा भन्छौ, भित्र अर्कै सोच्छौ र गर्छौ। हामी यौनको बारेमा कुरा गर्दा पनि अपराध हुन्छ जस्तो गर्छौ र आफ्ना छोरी बुहारीलाई अनुसाशित र सौम्य बन्न भन्छौ। तर भित्र भित्रै अर्काकी छोरीबुहारी माथि गिद्देनजर लगाईरहेको हुन्छौ। अर्चना पनेरुले पोर्न स्टार बन्छु भन्दा खुबै बाहिर भद्दा गाली गर्छौ तर मौका पाउने बित्तिकै उनैको नग्न तस्वीर वा भिडियो हेरेर खुबै मज्जा लिईरहेको हुन्छौ।

अर्चना पनेरुको साहस
यूट्यूबको भिडियो लिंक वा सामाजिक सन्जालहरुमा अर्चना पनेरुको बारेमा नकारात्मक टिप्पोणी वा भद्दा गाली गरिए पनि उनको ब्यक्त बिचारहरु र कार्यहरु कसैको प्रभावमा नपरी आफ्नो स्वविवेकमा गरिएको हो भने म चाहि उनको यो साहसको सम्मान गर्छु। उनी यस्ता साहसिक युवती हुन् जस्ले हाम्रो ढोगी नेपाली समाजलाई चुनौति दिएकी छिन्। हलिउड वा पाश्चात्य मुलुकहरु तिर पोर्न फिल्म बनाउनु वा खेल्नु बैध मानिन्छ। र यस्ता फिल्महरुले पनि उद्योगको रुप लिएको छ। अहिले नेपालमा पोर्न फिल्म बनाउन कानूनत: बर्जित भए पनि सामाजिक चेतनामा आएको बिकाश वा परिवर्तन संगै यस्ले भबिष्यमा नेपालमा बैधता प्राप्त गरे अन्यथा मान्नु पर्दैन। त्यो बेला अर्चना पनेरु नेपालमा त्यो उद्योगको प्रणेता बन्ने निश्चितप्राय: छ।

जिस्म युनिटको नियन्त्रण र सुटिङ सामाग्रीहरु जफत
अर्चना पनेरुले डेब्यू गरिएको भनिएको नेपाली चलचित्र ‘जिस्म’ को सुटिङ भईरहेको स्थलबाट अर्चना पनेरु सहित सम्पूर्ण युनिटलाई प्रहरीले नियन्त्रणमा लिई सुटिङ सामाग्रीहरु जफत गरिएको समाचार पनि पढ्न पाइयो। पहिलो कुरा कानुनी राज्यमा कानूनको पालना गर्नु सबै नागरिकको दायित्व हो। भनिए अनुसार, चलचित्र बिकाश बोर्डमा चलचित्र दर्ता नगरिएको र अनुमति नलिएकोले यसो गरिएको भनिए पनि चलचित्र संग सम्बन्धित ब्यक्तिहरुको भनाई अनुसार सबै प्रकृया पुर्याइए पनि अर्चना पनेरुले त्यो फिल्म खेल्ने भने पछि चलचित्र बिकाश बोर्डले दर्ता र अनुमति पत्र दिन नचाहेको वा आनाकानि गरिएको कुरा छ। यसो भए, कसैले यो बन्छु, त्यो गर्छु भनेकै भरमा चलचित्र बिकाश बोर्ड संग चलचित्र दर्ता प्रकृया रोक्ने वा अनुमति पत्र नदिने अधिकार छ? यहाँ नेपालका स्टार भनिएको कलाकारहरुको पनि अश्लील हर्कत र भिडियो सार्वजनिक भएका छन्। उनीहरु संग सम्बन्धित चलचित्र चाहि किन रोकिएन? नेपालमा एउटा भनाई सारै सान्दार्भिक छ “सानालाई ऐन, ठूलालाई चैन” । कतै चलचित्र बिकाश बोर्डले गरेको तेहि त होईन?

अर्चनाको आक्रोश
आफ्नो डेब्यू फिल्म सुटिङ् भईरहेकै बेला आफ्नै कारणले सबै युनिटलाई नियन्त्रणमा लिए पछि अर्चना आक्रोसित बन्नु स्वभाविक हो। चलचित्र बिकाश बोर्डले चलचित्र निर्माण गर्नु अनुमति नदिएको प्रसंग र प्रहरी प्रशासनले सबै युनिटलाई नियन्रणमा लिए पछि उनले एक अन्तरवार्तामा भनेकी छिन्, “नेपालमा कतिपय चलेका कलाकार छन् जस्ले पोर्न भिडियो बनाएको छन् र नेपाली फिल्म खेलिरहेका छन्। चलचित्र बिकाश बोर्डले त्यस्तालाई चाहि केहि नगर्ने तर कसैको भबिष्यमा यो बन्छु, त्यो गर्छु भन्ने लक्ष कै कारण फिल्म रोक्न पाउँछ?”
माथिको अर्चनाको भनाईमा दम छ। हामीलाई थाहा छ र हामी धेरैले हेरेको पनि हौला। अहिलेको र त्यो बेलाको पनि चलेकी नायिका नम्रता श्रेष्ठको पोर्न भिडियो। त्यस्लाई अर्चना पनेरुले भने जस्तै पोर्न फिल्म नै मान्नु पर्छ। त्यो भिडियो कसैले झुक्याएर खिचेका थिएनन्। त्यसलाई सार्वजनिक गरिने कुरा फरक कारण बने पनि दुबै जनाको सहमतिमा नियोजितरुपमा त्यो भिडियो बनाईएको थियो। र अहिले पनि उक्त भिडियो बिभिन्न पोर्न साईटहरुमा छ्यापछ्याप्ती पाईन्छ। यद्यपी त्यसलाई नम्रताले नितान्त निजी जीवनको बिषयको रुपमा लिइन् र त्यो भिडियोको बारे कहिले आत्मालोचना गरेन्। बरु ‘जजस्ले त्यो भिडियो हेरे उनीहरु भाग्यमानी’ भनेर हल्का टिप्पोणी गरिन्।

यस अर्थमा अर्चना पनेरु नेपाली समाज र नम्रता श्रेष्ठहरु भन्दा स्पष्ट छिन्। जे बन्ने उनको लक्ष छ तेहि बोल्छिन् र गर्न खोज्छिन्। अरुले लुकेर गर्ने खोज्ने कुरा र मन भित्र राखेका कुभावनालाई हटाएर खुलेर निष्फिक्रि ब्यक्त गर्छिन्। कम्तिमा उनी नेपाली समाज जस्तै ढोगी चाहि छैनन्।

र अन्त्यमा,
कुनै न कुनै समय नेपालमा अर्चना पनेरुको जन्म हुने नै थियो, भयो। आज एक्ली छिन्, भोली अरु धेरै अर्चना पनेरुहरु जन्मिदै जालान्। यस्तो बेला अर्चना पनेरुहरुले पनि कसैको प्रभाव वा दवावमा नपरी स्वविवेक पूर्वक स्वतन्त्र ढंगले जिम्मेवारपूर्वक सोच्नु जरुरी छ। आफू कस्तो समाजमा हुर्केको छु? आफूले हिडेको बाटोले कहाँ पुर्याउँछ? आफुले गरेको कर्मले समाजमा कस्तो प्रभाव पार्छ? यसबाट निस्कने परिणामलाई बहन गर्न सक्छु कि सक्दिन? भन्ने जस्ता तमाम कुराहरुलाई सोच्न जरुरी हुन्छ। र हामी समाजले पनि लुकीछिपी चाहि अर्चना पनेरूहरुको नग्न तस्वीर र भिडियो हेरेर रमाउदै बाहिर देखाउनलाई चाहि अर्चना पनेरुहरुलाई भद्दा गाली गर्न वा नकारात्मक टिप्पोणी गर्नु बन्द गुर्न पर्छ। बरु अर्चना पनेरुहरुको बिचारलाई कसरी समाजमा ब्यबस्थापन गर्ने भनेर सबैले जिम्मेवारपूर्वक सोच्न जरुरी छ।
[email protected]

यो पनि हेर्नुहोस्
Archana Paneru arrested in Pokhara || अर्चना पनेरु पोखरामा पक्राउ (Audio Report)

Archana Paneru (अर्चना पनेरु) Arrested! (Audio Report)





Comments

comments

Leave a Reply

11773