अपडेटः विमान अपहरणकाण्ड समाप्त, अपहरणकारी पक्राउ

इजिप्टको विमान अपहरण गरेर साइप्रस पुर्याउने व्यक्ति पक्राउ परेपछि विमान अपहरण काण्ड समाप्त भएको छ।

अपहरणकारी इजिप्टका २७ वर्षीय इब्राहिम सामहा रहेको खुलेको छ।

आत्मघाती पेटी बाँधेका उनले पहिले महिला तथा बालबालिकालाई मुक्त गरे पनि चालक दलका सदस्यसहित ५ विदेशी यात्रुलाई निकै बेरसम्म बन्धक बनाई बार्गेनिङ गरिरहेका थिए।


आत्मघाती पेटी बाँधेको अपहरणकारीको तस्वीर सार्वजनिक भएपछि सबै अतालिएका थिए।

विमानमा चालक दलका सदस्यसहित ५५ जना सवार थिए। शुरुमा विमानमा ८१ जना सवार रहेको विवरण आएको थियो।

इजिप्ट नागरिक उड्डयन मन्त्रालयका अनुसार इजिप्टको सहर अलेक्जान्ड्रियाबाट काइरो उडेको विमान अपहरणमा परेको हो।

अपहरणपछि विमान साइप्रसको लार्नाका विमानस्थलमा अवतरण गरिएको थियो।

आत्मघाती पेटी बाँधेका अपहरणकारीले विमान साइप्रसको लार्नाका विमानस्थलमा उतार्न चालकलाई धम्की दिएका थिए।

अपहरणकारीले आफूलाई राजनीतिक शरण दिनुपर्ने मागसंगै साइप्रसमा रहेकी आफ्नी पूर्वपत्नीलाई भेट्न पाउनु पर्ने व्यक्तिगत माग राखेपछि साइप्रसका सुरक्षा अधिकारीहरु चकित परेका थिए।

साइप्रसका राष्ट्रपति निकोस अनास्तासिआडेसले विमान अपहरण आतंककारी घटना नभएको बताएका छन्।





Comments

comments

Leave a Reply

11782