जापानमा कास्की पोखरा समाज गठन

एचकेनेपाल डट कम संवाददाता-
टोक्यो। कास्की पोखरा तथा आसपास क्षेत्रका जापानमा रहेका नेपालीहरुको आइतवार टोक्योको उएनोमा सम्पन्न एक भेलाले कास्की पोखरा समाज गठन गरेको छ।

कास्की पोखरा क्षेत्रका जापानमा रहेका नेपालीहरुबीच आपसी सहयोग, सम्पर्क र सम्बन्धमा विस्तार गरि प्रवाशमा आइपर्ने हरेक समस्याहरुको सामुहिक प्रयासद्वारा समाधान गर्दै आफ्नो क्षेत्रका लागि सम्भावित कार्यहरु गर्नको लागि समाजको गठन गरिएको बताईएको छ।

तमु धी जापानका पूर्व अध्यक्ष तथा समाजसेवी हर्क गुरुङको सभापतित्वमा सम्पन्न कस्केली भेलाले जयप्रकाश पण्डितको अध्यक्षतामा समाजको गठन गरेको हो। भेलाले उक्त समितिको वरिष्ठ उपध्यक्षमा श्री गुरुङ रहनु भएको छ भने उपध्यक्षमा उमानाथ कोइराला र ईश्वर अधिकारी रहनु भएको छ|

यसै गरी, महासचिवमा शिव प्रसाद पौडेल चयन हुनु भएको छ भने सचिवमा सन्देश अधिकारी, कोषाध्यक्षमा खड्का सिंह गुरुङ, सहकोषाध्यक्षमा बिष्णु प्रसाद सुवेदी र प्रवक्तामा अम्मर गुरुङ चयन हुनुभएको छ।

यसैगरी सदस्यहरुमा दिपेन्द्र पौडेल, बिष्णुबहादुर थापा, अनुप थापा, अमृत आचार्य, बिकाश श्रेष्ठ, नारायणी आचार्य, हर्क गुरुङ, युक्तमान गुरुङ, अनिता गुरुङ, सरु बास्तोला, रोशन गौतम, मञ्जु बराल, नवराज गिरि, निरु रायमाझी, विश्व मित्र सुवेदी, टिकाराम सुवेदी, बिष्णु त्रिपाठी, कुलदेवी गुरुङ, कृष्ण अधिकारी, सुवास बाँस्तोला, राम कोइराला र राम गुरुङ चयन हुनु भएको छ। यसै गरी, भेलाले डा. राम गिरि र ईश्वर गुरुङलाई सल्लाहकारमा चयन गरेको छ भने थप सल्लाहकारहरु तथा सदस्यहरु आगामी बैठकले चयन गर्ने बताइएको छ।

भेलामा विभिन्न वक्ताहरुले मन्तव्य राख्नु भएको थियो। मन्तव्य दिने क्रममा जयप्रकाश पण्डितले जापानमा कस्केलीहरु आपसी हितका लागि संगठित हुनु आवश्यक रहेकोमा जोड दिनुभएको थियो भने श्री गुरुङले आ-आफ्नो वैचारिक आस्थालाई अलग्गै राखेर राजनीति भन्दा धेरैमाथि रहेर कस्केली समाजमा आउन सबैलाई आग्रह गर्नु भयो। “राजनीति गर्न पाउने आफ्नो अधिकारको कुरा हो तर खेलकुद, जातीय र सामाजिक संस्थामा होइन” श्री गुरुङ्को भनाई थियो।

भेलाको सञ्चालन गर्दै शिवप्रसाद पौडेलले जापानमा संख्यात्मक रुपमा कास्की पोखरा क्षेत्रका नेपालीहरु अधिक रहेको भएपनि संगठित हुन ढिला भैरहेको विचार व्यक्त गर्नुभयो। उँहाले आपसी हितका विषयमा छलफल र बहसलाई अगाडि बढाउदै कास्की पोखरा समाजले जापानमा उदाहरणीय संस्थाको रुपमा कम गरेर देखाउनु पर्नेमा जोड दिनु भयो।





Comments

comments

118