निरंकुश शैलीका कारण नेजस, अमेरिकाका सभापति बिष्ट निलम्बित, कावा सभापतिमा केसी

जनपुकार। नेपाली काँग्रेसको भातृ संगठन नेपाली जनसम्पर्क समिति, अमेरिकाका सभापति आनन्द बिष्ट निलम्बनमा परेका छन् । पछिल्ला दिनमा सभापति बिष्टले मनोमानी र एकलौटी ढङ्गबाट निर्णय गरेर संगठनलाई विभाजित पार्न खोजेपछि ३१ मार्च २०१६ मा नेपाली जनसम्पर्क समिति अमेरिकाका वरिष्ठ उपसभापति धनञ्जयनरसिंह केसीको सभापतित्वमा बसेको कार्यसमितिको बैठकले संगठनको बृहत्तर हितका लागि बिष्टलाई निलम्बन गरि दिनहुँ कार्य सञ्चालनका लागि केसीलाई कार्यवाहक सभापतिको रुपमा कार्य सञ्चालन गर्ने जिम्मेवारी दिइएको छ।

नेपाली जनसम्पर्क समिति अमेरिकाको विवाद लामो समय पछि समाधान भएर एक ढिक्का संगले अघि बढिरहेको अवस्था मा, सुनियोजित ढंगबाट निर्वा्चित कार्यसमितिलाई पुरै वाईपास गरेर , विधान विपरीत, अधिवेशनले दिएको एकताको संदेशलाई लत्याई स्वेच्छाचारी रूपले अटघि बड्दै नेत्रृत्वले संगठनमा पुन विवाद ल्याउन खोजेको, सम्पुर्ण निर्वाचित कार्यसमितिको अधिकारलाई पुरै मिचेर कुनै छलफल नै नगरी मनोमानी ढंगले आफ्नो अनुकुलको धाँधलीयुक्त विधान बनाई संगठनमा बलजफ्ती निरंकुशता भित्रयाउन खोजेको बैठकले ठहर गरेको छ।

यस्तै नेपाली जनसंपर्क समिति अमेरिकाको सकृय च्याप्टरहरूलाई निस्क्रिय बनाउन शक्तिको दुरूपयोग गर्दै , आफूसंग विमति राख्ने च्याप्टर सभापतिहरूलाई पटक पटक कार्वाही गर्ने धम्की दिई , विवाद ल्याई संगठनलाई कमजोर बनाउँन खोजेको, संस्थाका सल्लाहकार, विभाग, मनोनीत सदस्य चयन देखि नेपाली काँग्रेसको १३औं महाधिवेशनका लागि प्रतिनिधि छनौंट गर्दा सम्म निर्वाचित कार्यसमितिमा अनुमोदन नगरी संगठनको विधि, पद्धति, प्रकृया र विधान समेतलाई वेवास्ता गर्दै, अवैधानिक र गैर लोकतान्त्रिक तवरले छनौंट गरी गौरवशाली हाम्रो पार्टीको मर्म र गरिमामा समेतमा आँच पुर्याई संगठनको गरिमा घटाएको, भुकम्पपीडितको नाममा उठाएको आर्थिक सहयोग रकम अझैं फस्र्याैट नगरिएको र पार्टीलाई बुझाउँन पठाएको रकम आफूखुशी बाँडेको, नेपाल डे परेडको नाममा अलोकतान्त्रिक गठ बन्धन गरी संस्थाका बहुसंख्यक साथीहरू लाई गुमराहमा राखि राजनैतिक रूपमा अत्यन्तै खतरनाक नतिजा आउन सक्ने सम्भावनालाई नकार्दै ब्यक्तिगत स्वार्थका लागि संगठनको नाम बेचेको, आफ्नो संगठनलाई मजबुँद बनाउँनको साटो अन्य संस्थाहरूको वकालत गर्दै, आफ्नै सकृय साथीहरूसँग खरो उत्रिएको, संगठन विस्तारमा विल्कुलै चासो नराखि, कृयाशिल सदस्यहरूको संख्या बढाउन कुनै पहल नगरेको । उल्टो सुन्योजित तवरले आफ्नै सहकर्मी साथीको कृयाशिल पार्टीमा दर्ता नै नगराएको र अहिले सम्म अमेरिकाको कृयाशिल बाट उठेको रकम र सदस्य सँख्याको समितिमा जानकारी नै नगराएको र संगठनको आन्तरीक गोपनीयता संस्था भन्दा बाहीरका व्यक्ति र संगठनमा पुर्याउँने काम गरेको भन्दै बैठकले बिष्टलाई निलम्बन गर्ने निर्णय गरेको हो।

बैठकमा वरिष्ठ उपसभापति धनन्जय नरसिंह केसी, उपसभापति चेत प्रसाद पौड्याल, महासचिव मुनिन्द्र नेम्बाङ, सचिवद्वय भोज राज ठोकर, ईश्वर सापकोटा, कोषाध्यक्ष बिजय थुलुडंग, सदस्यहरु .ज्ञानेद्र राज कार्की,ओम भट्टराई, .गोकुल ढकाल, मान्ति शाह, पविता परियार, सुवेन्द्र रानाभाट, रविन बस्नेत, किलन राई, गोपाल विश्वकर्मा, लगायत बहुमत सदस्यहरूको सहभागिता रहेको थियो।

बैठकपछि जारी प्रेस विज्ञप्तिमा लोकतन्त्रको पर्याय बोकेको नेपाली काँग्रेस पार्टीमा अझ अरू पार्टीमा भन्दा लोकतान्त्रिक पद्धतिको उचित प्रयोग जोडदार रूपले हुनु पर्दछ , तर विडम्बना नेपाली काँग्रेसको भातृ संगठन हाम्रो नेपाली जनसंपर्क समिति अमेरिकाको वर्तमान नेतृत्वको निरंकुशता एवं अलोकतान्त्रिक कृयाकलापहरूले लोकतन्त्रको परिभाषालाई दिग्भ्रमित वनाएको छ जसका कारण लोकतान्त्रिक पद्धतिलाई विश्वास गर्ने नेपाली काँग्रेस पार्टीको गरिमाको धज्जी उडेको उल्लेख छ।

अहिलेको नेतृत्वका प्रत्येक क्रियाकलपहरूले पहिले देखि भत्किएको नेपाली जनसंपर्क समिति अमेरिकाको विश्वासहरूलाई झन ठुलो भाँजो हालेर फराकिलो बनाई दिएको छ, विज्ञप्तिमा अगाडि भनिएको छ– थुप्रै तितो अनुभवहरूबाट टुक्रिएका विश्वासहरू, गुज्रिएका हाम्रा पलहरू एकताको दोस्रो डल्लास अधिबेशन पश्यात अमेरिकामा रहेका लोकतन्त्रवादी नेता र कार्यकर्ताहरूको आशाका किरणका तिनै धर्साहरू समातेर अगाडी वढ्दै जाने कोशिश रहेकै बेला , नितान्त निजी स्वार्थ र फाईदाका कारण संगठनमा पलाउन थालेका पालुवाहरू नेतृत्वको निरंकुश शैलीका कारण शिकार बन्न पुगेको छ।

नेतृत्वद्वारा संगठनलाई चलायमान राख्ने विधि, पद्धति र प्रकृयालाई मुसोलिनि शैलीले धूलो पिठो बनाई दिएको छ, जसले गर्दा लोकतान्त्रिक पार्टीको हाम्रो पहिचान, संगठनका सम्पुर्ण सदस्यहरूको हक अधिकारहरू खुरापातीहरू बाट बलात्कृत हुन पुगेको छ, विज्ञप्तिमा उल्लेख छ । नेतृत्वमा पुगेकाहरूले आफ्नो पदिय दायित्वबाट बिचलित बनेर पदलाई निरंकुशताको श्रीपेच सम्झिएका छन् । यस्ता निरंकुश शैलीका कारण हाम्रो पार्टीको विशिष्टता र आफ्नो गौरवशाली परिचय विस्तारै हराउँदै जाने भएकोले अमेरिकामा रहेका तमाम जिम्मेवार नेपाली काँग्रेसका कार्यकर्ताहरूको त्यस तर्फ गम्भिर ध्यान जानु पर्ने उल्लेख छ । विपि कोईरालाका सच्चा अनुयायी हामीहरूले आज वहाँका अमर विचारहरूलाई शिरोधार्य गरेर अगाडी बढ्नु पर्नेछ, विज्ञप्तिमा लेखिएको छ– लोकतन्त्र आए पछि केही सुकिला मुकिलाहरूको पार्टीलाई कब्जा गर्ने प्रवृद्दी विरूध्द लड्नु पर्ने आवश्यक्ताको आज पुष्ठ्याई भएको छ र त्यस्कै खातिर हामी लड्नु पर्ने भएको छ।

जनसम्पर्क समितिले निकालेको माइनुट जस्ताको तेस्तै

प्रेस विज्ञप्ति !

आदरणीय साथिहरू

जय नेपाल !

लोकतन्त्र, राष्ट्रियता र समाजवादको मुल आदर्शलाइ सम्मान गर्ने नेपालको मुख्य राजनितिपार्टी नेपाली काँग्रेसको गौरवशाली इतिहाँसले सदैव निरंकुशताको कडा प्रतिवाद र लोकतान्त्रिक पद्धतिको खरो समर्थन गर्दै आईरहेको कुरा हामी सबै माँझ छर्लडंग छ । लोकतन्त्रको सम्मान र निरंकुशताको विरूद्ध हाँसी हाँसी आफ्नो जिवन उत्सर्ग गर्ने हाम्रो पार्टीको राम, लक्ष्मण, कामेश्वर , कुसेश्वर , भिम नारायण श्रेष्ठ, योगेन्द्र मान शेरचन, देवान सिंग राई जस्ता हजारौं योद्धाहरूको आफ्नै गौरवशाली गाथा सगरमाथा झैं उचो रहेको छ । लोकतान्त्रीक समाजवादका प्रतिपादक जननायक विश्वेश्वर प्रसाद कोइरालाको दूरदर्शी नेतृत्वलाई आदर्श मान्ने हामी नेपाली काँग्रेसको कार्यकर्ताहरू आज विश्वको सबैभन्दा शक्तिशाली राष्ट्र अमेरिकामा विभिन्न व्यवसाय र पेशामा आवद्द रहेर पनि पार्टी प्रतिको लगावका कारण आफुले सकेको सहयोग दिई पार्टीलाई सुद्रीट बनाउँन हर समय कोशिष रहेको कुरा बिनम्रताका साथ अनुरोध गर्न चाहन्छौं । पार्टी निर्माण हुँदा संगठन चलाउँने प्रकृया विधी,विधान र नियमहरू हुन्छन् , त्यसैका आधारमा संगठन सुचारू रूपले चल्ने गर्दछ । लोकतन्त्रको पर्याय बोकेको नेपाली काँग्रेस पार्टीमा अझ अरू पार्टीमा भन्दा लोकतान्त्रीक पद्धतिको उचित प्रयोग जोडदार रूपले हुनु पर्दछ , तर विडम्बना नेपाली काँग्रेसको भातृ संगठन हाम्रो नेपाली जनसंपर्क समिति अमेरिकाको वर्तमान नेत्रृत्वको निरंकुशत एवं अलोकतान्रीक कृयाकलापहरूले लोकतन्त्रको परिभाषालाई दिग्भ्रमित वनाएको छ जसका कारण लोकतान्त्रीक पद्धतिलाई विश्वास गर्ने नेपाली काँग्रेस पार्टीको गरिमाको धज्जी उडेको छ।

अहिलेको नेतृत्वका प्रतेक क्रियाकलपहरूले पहिले देखि भत्कीएको नेपाली जनसंपर्क समिति अमेरिकाको विश्वासहरूलाई झन ठुलो भाँजो हालेर फराकिलो बनाई दिएको छ । थुप्रैं तितो अनुभवहरूबाट टुक्रिएका विश्वासहरू, गुज्रिएका हाम्रा पलहरू एकताको दोस्रो डल्लास अधिबेशन पश्च्यात अमेरिकामा रहेका लोकतन्त्रवादी नेता र कार्यकर्ताहरूको आशाका किरणका तिनै धार्साहरू समातेर अगाडी वढ्दै जाने कोशिश रहेकै वेला , नितान्त निजि स्वार्थ र फाईदाका कारण संगठनमा पलाउँन थालेका पालुवाहरू नेत्रृत्वको निरंकुश शैलिका कारण शिकार बन्न पुगेको छ।

नेत्रृत्व द्दारा संगठनलाई चलायमान राख्ने विधि, पद्धति र प्रकृयालाई मुसोलिनि शैलिले धूलो पिठो बनाई दिएको छ, जसले गर्दा लोकतान्रीक पार्टीको हाम्रो पँहिचान, संगठनका सम्पुर्ण सदस्यहरूको हक अधिकारहरू खुरापातीहरू बाट बलात्कृत हुन पुगेको छ । नेतृत्वमा पुगेकाहरूले आफ्नो पदिय दायित्वबाट बिचलित बनेर पदलाई निरंकुशताको श्रीपेच सम्झिएका छन् । यस्ता निरंकुश शैलिका कारण हाम्रो पार्टीको विशिष्टता र आफ्नो गौरवशाली परिचय विस्तारै हराउँदै जाने भएकोले अमेरिकामा रहेका तमाम जिम्मेवार नेपाली काँग्रेसका कार्यकर्ताहरूको त्यस तर्फ गम्भिर ध्यान जानु पर्दछ र गएको कुरा यहाँहरू माँझ राख्न चाँहन्छौं । विपि कोईरालाका सच्चा अनुयायी हामीहरूले आज वहाँका अमर विचारहरूलाई शिरोधार्य गरेर अगाडी बढ्नु पर्नेछ। लोकतन्त्र आए पछि केही सुकिला मुकिलाहरूको पार्टीलाई कब्जा गर्ने प्रवृद्दी विरूध्द लड्नु पर्ने आवश्यक्ताको आज पुष्ठ्याई भएको छ र त्यस्कै खातिर हामी लड्नु पर्ने भएको छ।

बुदाँगत रूपमा नेतृत्वले गरेका अलोकतान्रीक र गम्भिर त्रुटिहरू यस परकार छन्।

१.नेपाली जनसंपर्क समिति अमेरिकाको विवाद लामो समय पछि समाधान भएर एक ढिक्का संगले अघि बडिरहेको अवस्थामा, सुन्योजित ढंगबाट निर्वाचित कार्यसमितिलाई पुरै वाईपास गरेर , विधान विपरीत, अधिवेशनले दिएको एकताको संदेशलाई लत्याई स्वेच्छाचारी रूपले अघि बड्दै नेत्रृत्वले संगठनमा पुन विवाद ल्याउँन खोजेको ।

२.सम्पुर्ण निर्वाचित कार्यसमितिको अधिकारलाई पुरै मिचेर कुनै छलफल नै नगरी मनोमानी ढंगले आफ्नो अनुकुलको धाँधलीयुक्त विधान बनाई संगठनमा बलजप्ति निरंकुशता भित्र्याउँन खोजेको ।

३.नेपाली जनसंपर्क समिति अमेरिकाको सकृय च्याप्टरहरूलाई निस्क्रिय बनाउँन शक्तिको दुरूपयोग गर्दै , आफूसंग विमति राख्ने च्याप्टर सभापतिहरूलाई पटक पटक कार्वाही गर्ने धम्कि दिई , विवाद ल्याई संगठनलाई कमजोर बनाउँन खोजेको ।

४.संस्थाका सल्लाहकार, विभाग, मनोनीत सदस्य चयन देखि नेपाली काँग्रेसको १३औं महाधिवेशनका लागि प्रतिनिधि छनौंट गर्दा सम्म निर्वाचित कार्यसमितिमा अनुमोदन नगरी संगठनको विधि, पद्धति, प्रकृया र विधान समेतलाई वेवास्ता गर्दै, अवैधानिक र गैर लोकतान्रीक तवरले छनौंट गरी गौरवशाली हाम्रो पार्टीको मर्म र गरिमामा समेतमा आँच पुर्याई संगठनको गरीमा घटाएको ।

५.भुकम्प पिडितको नाममा उठाएको आर्थिक सहयोग रकम अझैं फर्स्यौट नगरीएको र पार्टीलाई बुझाउँन पठाएको रकम आफूखुशी बाँडेको ।

६. नेपाल डे परेडको नाममा अलोकतान्रीक गठ बन्धन गरी संस्थाका बहुसंख्यक साथीहरूलाई गुमराहमा राखि राजनैतिक रूपमा अत्यन्तै खतरनाक नतिजा आउँन सक्ने सम्भावनालाई नकार्दै ब्यक्तिगत स्वर्थका लागि संगठनको नाम बेचेको ।

७.आफ्नो संगठनलाई मजबुँद बनाउँनको साटो अन्य संस्थाहरूको वकालत गर्दै, आफ्नै सकृय साथिहरू संग खरो उत्रिएको ।

८.संगठन विस्तारमा विल्कुलै चासो नराखि, कृयाशिल सदस्यहरूको संख्या बढाउँन कुनै पहल नगरेको । उल्टो सुन्योजित तवरले आफ्नै सहकर्मी साथिको कृयाशिल पार्टीमा दर्ता नै नगराएको र अहिले सम्म अमेरिकाको कृयाशिल बाट उठेको रकम र सदस्य सँख्याको समितिमा जानकारी नै नगराएको ।

९.संगठनको आन्तरीक गोपनीयता संस्था भन्दा बाहीरका व्यक्ति र संगठनमा पुर्याउँने काम गरेको ।

यी माथि उल्लेखित बुदाँहरू संगठनका निमित्त हाम्रो नेत्रृत्वले गरेको सबैभन्दा ठुलो गल्तिहरू हुन, जस्ले गर्दा हाम्रो संगठन कहिल्यै एक ढिक्का भएर अघि बड्न सक्दैन । त्यसैले आज मिति ३१ मार्च २०१६ मा संस्थाको बरिष्ठ उपसभापति धनन्जय नरसिंह केसीको अबसेको कार्यसमितिको बैठकले सभापतिको यस्तो कार्यशैलीले संगठनमा कहिल्यै एकता नल्याउँने जहिल्यै संस्थालाई बिभाजन मात्र बनाई राख्ने ठहर गरी , संगठनको बृहत्तर हितका निमित्त संस्थाका सभापति आनन्द बिष्टलाई बाध्य भएर निलम्बन गरिएको छ र छानविनका लागि नेपाली काँग्रेस केन्द्रीय कार्यालयमा बोदार्थ पठाउँने निर्णय गरेको छ। साथै दिनहुँ कार्य संन्चालनका लागि संस्थाका बरिष्ठ उपसभापति धनन्जय नरसिंह केसीलाई कार्यवाहक सभापतिको रूपमा कार्य संचालन गर्ने जिम्मेवारी दिईएको छ । यो निर्णयबाट कतिपनि बिचलित नभई दैनिक कार्यक्रमहरू संन्चालन गर्न कार्यसमितिका सम्पूर्ण सदस्यहरू र च्याप्टर सभापतिहरूलाई बैठकले हार्दिक बिनम्र अनुरोध गरेको छ ।

धन्यवाद

उपस्थित भई समर्थन गर्नेहरूमा

१.धनन्जय नरसिंह केसी -बरिष्ठ उपसभापति (का.वा.)

२.चेत प्रसाद पौड्याल – उपसभापति

३.मुनिन्द्र नेम्बाङ – महासचिव

४.भोज राज ठोकर – सचिव

५.ईश्वर सापकोटा – सचिव

६.बिजय थुलुडंग – कोषाध्यक्ष

७.ज्ञानेद्र राज कार्की- सदस्य

८.ओम भट्टराई – सदस्य

९.गोकुल ढकाल- सदस्य

१०.मान्ति शाह-सदस्य

११.पविता परियार – सदस्य

१२.सुवेन्द्र रानाभाट- सदस्य

१३.रविन बस्नेत- सदस्य

१४.किलन राई – सदस्य

१५.गोपाल विश्वकर्मा- सदस्य

लगायत बहुमत सदस्यहरूको सहभागिता रहेको थियो ।

हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

Leave a Reply

11837