जंगलमा भेटियो ५ महिनाकी बालिका

करिव ५ महिनाकी बालिका बेवारिसे अवस्थामा फेला परेकी छिन्।

ती बालिका ढोढरी १ गमक्कास्थित जंगलमा भेटिएकी हुन्। स्थानीयवासीले जंगलमा च्याउ खोज्न जादाँ बालिका फेला पारेको आजको नयाँ पत्रिका दैनिक समाचारमा छ। स्थानीय ती बालिकालाई इलाका प्रहरी कार्यालय ढोढरीमा बुझाइदिएका छन्। प्रहरीले २ महिलाको सहयोगमा ती बालिकालाई अस्पतालमा भर्ना गरेको छ। बालिकाको शरीरमा चोट पनि छ। बालिकालाई निमोनिया र ज्वरो छ। ती बालिकालाई दुई दिन अघि जंगलमा फालेको हुनसक्ने प्रहरीले अनुमान गरेको छ।





Comments

comments

1186