मध्यपश्चिमाञ्चल विश्वविद्यालयका पदाधिकारीहरुले मदिरा सेवन गरेको विल विश्वविद्यालयबाट भुक्तानी गराएका छन्। उपकुलपति, रजिष्ट्रार लगायतका पदाधिकारीहरुले व्यक्तिगत काम र स्वार्थमा विश्वविद्यालयको बजेट दुरुपयोग गरेका हुन्।

उपकुलपति पदमलाल देवकोटाले थकाली खाना, चिकेन लगायतका खाना र रुस्लान भोड्का सेवन गरेको विल विश्वविद्यालयबाट भुक्तानी गराएका हुन्। २०७० साल असार २७ गतेको मिती राखिएको ६० हजार ३० रुपैंयाको विलको भुक्तानी भइसकेको छ।

विश्वविद्यालयको बजेट दुरुपयोग गर्ने देवकोटा एक्ला छैनन्। रजिष्ट्रार ठकेन्द्र प्रकाश गिरीले एउटा यस्तो विलको भुक्तानी गरेका छन्, जसमा तत्कालीन प्रधानमन्त्रीको सल्लाहकार पनि जोडिएका छन्। २०६९ भदौं ६ गते ८ हजार ६ सय रुपैंया भुक्तानी भएको विलमा प्रधानमन्त्रीको सल्लाहकारसँग गणेश रावलले होटलमा वियर लगायतका खानेकुरा खाएको आजको कान्तिपुर दैनिक समाचारमा उल्लेख छ।

त्यतिबेला प्रधानमन्त्री रहेका बाबुराम भट्टराईका को सल्लाहकारसँग मदिरा सेवन भयो भन्नेवारे रावलले विलमा खुलाएका छैनन्। गत असार ३२ गतेपनि बैंठकका नाममा हृवीस्की पिएको र अन्य परिकार भनी बिल पेश छ।

२०६९ असार मसान्तका दिन अर्को विल छ, जसमा बैंठक शिर्षकमा विभिन्न रेष्टुरेन्टमा पेय पदार्थ चुरोट लगायतका नाममा २४ हजार रुपैंयाको विल भुक्तानी भएको छ। हाफपाईन्ट र पेटिकोटदेखि परिवार नियोजनका अस्थायी साधन खरिदको खर्चको भुक्तानीमा समेत विश्वविद्यालयको बजेट दुरुपयोग भएको छ अख्तियारस्रोतले भन्यो।

सबैभन्दा बढी बजेटको दुरुपयोग गर्ने उपकुलपति देवकोटाले मन्दिर प्रवेशको शुल्क, बडी स्प्रे, मोवाईल चार्जर र जुत्ताको पालिसको विल भुक्तानी गराएका छन्। मञ्जन, ब्रश, मोजा, सेभिङ मेसिन लगायतका सामानको विल करिव ३४ हजार रुपैंयाको छ।

रजिष्ट्रार ठकेन्द्र गिरीले आँखा परिक्षण एवं आफन्तलाई रेष्टुरेन्टमा खाना खुवाएको ४५ हजार रुपैंयाको विल पनि विश्वविद्यालयबाट भुक्तानी गराएका छन्।



.















Comments

comments