चलचित्र प्रेम गीत हेर्दा चित्त बुझेन भने मलाई थप्पड हाने पनि हुन्छ: नायक सरोज खनाल

विजय थापा / एचकेनेपाल डट कम –
वाशिंगटन डिसी। नेपाली चलचित्र प्रेम गीत डिसी महानगर क्षेत्रको भर्जिनियामा प्रदर्शन भएको छ।

यहि चलचित्रको लागि कलाकार सरोज खनाल नेपालबाट आएका छन्।

झन्डै एक महिनाको अवधिसम्म अमेरिकाको बसाईमा रहने नायक सरोज खनालले डिसीमा चलचित्र प्रदर्शन गर्नु अगाडि दर्शकलाई यो चलचित्रमा आफ्नो छोरीसंग आएर हेर्नु पर्थ्यो भने।

सरोजले भने बिशेष १७ -२० बर्षका किशोरीहरुले हेर्ने पर्ने बताए। यस चलचित्रमा दुई पिंढीको भूमिका छ भन्दै आफूले पहिलो पिंढीको भूमिकामा खेलेको बताए। उनले भने यो चलचित्र मनोरंजन पूर्ण छ र दर्शकलाई मज्जा लिनुस भन्दै चलचित्र हेरेपछि प्रतिक्रिया दिन आग्रह गरे।

चलचित्र प्रेम गीत हेर्दा चित्त बुझेन भने मलाई थप्पड हाने पनि हुन्छ सरोजले भने।

म चलचित्र मन्दिर बाहिर हुन्छु भन्दा डिसी महानगर क्षेत्रका दर्शकमा एक छिन् हासो छाएको थियो। किन कि सरोज खनाल यहि क्षेत्रमा दुई दशकसम्म बिताएका थिए र कसैलाई उनले बिझाएका छैनन्।

उनले अगाडी भने डिसी बाहेक अन्य १०- १२ वटा शहरमा चलचित्र प्रेम गीतको प्रदर्शन हुने जानकारी दिए।

चलचित्र हेर्न आएका दर्शकले लामो समयपछि यस्तो चलचित्र हेर्न पाएको ,कथा वस्तु राम्रो ,छायांकन राम्रोको साथै चलचित्रको अधिकांश पाटो हाँसो र मनोरञ्जनको संगम रहेकोले चित्त बुझेको बताए।

चलचित्र हेर्न बुवाआमा ,छोराछोरी ,कलाकार ,बिभिन्न पेसामा संलग्न दर्शकहरुको साथै बालबच्चाहरु पनि लिएर आएका थिए।

चलचित्रको छायांकन जोमसोम, कागवेनीलगायत अन्य मनोरम क्षेत्रमा गरिएकोले दर्शकले आनन्द मानेका थिए।

अर्जुन पोखरेललेको संगीत रहेको चलचित्रका गीहरुमा स्वरुपराज आचार्य, सुगम पोखरेल, अन्जु पन्त लगायतका स्वर रहेको छ।

सुदर्शन थापाको निर्देशनमा तयार भएको चलचित्रलाई सन्तोष सेनले निर्माण गरेका हुन्। चलचित्रमा प्रदिप खड्का, पुजा शर्मा, सरोज खनाल ,लक्ष्मी गिरी, रुपा राणा लगायतका कलाकारहरु रहेका छन्।

हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

Leave a Reply

11944