नेपाल र हङकङबीच सात बुँदे सम्झौता

काठमाडौं, नेपाल र हङकङबीच खेलकुद विज्ञान विकास तथा विस्तारका लागि आपसी समझदारी पत्रमा शुक्रबार हस्ताक्षर भएको छ।

नेपालका तर्फबाट राष्ट्रिय खेलकुद परिषद् सचिव केशवकुमार विष्ट र खेलकुद विज्ञान प्रतिष्ठान नेपालका कार्यकारी निर्देशक डा. प्रकाश प्रधान र हङकङका तर्फबाट हङकङ स्पोर्टस् इन्स्टििच्युटका प्रमुख कार्यकारी अधिकृत डा. तृशा लिहेले समझदारी पत्रका हस्ताक्षर गरेका हुन्।

दुई देशबीच खेलकुल विज्ञान विकास र विस्तारका लागि साँत बुँदे समझदारी पत्रमा हस्ताक्षर गरिएको जानकारी हङकङ भ्रमणमा रहेका प्रधानले दिए।

समझदारी पत्रमा खेल विज्ञान र चित्सिा अनुसन्धान क्रियाकलापमा दुई देशबीच सहकार्य गर्ने तथा खेलकुदको उच्च नतिजा हासिल गर्न विज्ञ र विशेषज्ञ आदानप्रदान गर्ने उल्लेख रहेको खबर आजको अन्नपूर्ण पोष्ट दैनिकमा छ।





Comments

comments

Leave a Reply

12019