टाइगरको टिमलाई रेस्लिङ बेल्ट

काठमाडौं/ नेपाल रिङ रेस्लिङ संघले आयोजना गरेको अन्तर्राष्ट्रिय रेस्लिङ प्रतियोगितामा नेपालका नुवाकोटे टाइगरको टिमले बेल्ट जितेको छ।

नुवाकोटे टाइगर र जापानका काराइकाजे रहेको टिमले पुरुष ट्याग टिम फाइनल इभेन्टमा न्युजिल्यान्डका राल्डेन र अमेरिकाका बुफाजस्ता शक्तिशाली रेस्लरलाई आकर्षक रूपमा पराजित गर्दै बेल्ट जितेको हो । टाइगरको टिमले अघिल्लो चरणमा ताइवानका डो नी र जापानका येजिलेको जोडीलाई आउट गरेको खबर नयाँपत्रिका दैनिकमा छ।

रोमाञ्चक रेस्लिङ प्रतियोगिताको थ्री वे ट्याग टिम म्याचमा सिंगापुरका युरासियन ड्रागन, नेपालका सिक्सवान नाइन र बाबायुउको जोडीले मलेसिया कागुयान, किङ कोब्रा र युभको जोडीलाई हरायो । त्यसैगरी, थ्री वे कर्नर महिला टिमको म्याचमा मंगोलियाको योसिकाले जापानकी नानाइताका हासी र म्याक्सिकोकी किताइयोलाई आकर्षक रूपमा लक प्रहार गरेर हराइन् । प्रतियोगितामा जापानका रेफ्री नाकामुरा, नेपालकी रेफ्री तथा रिङ रेस्लिङ संघकी अध्यक्ष सुनिता थापा र कुवेर केसीले रेफ्रीको भूमिका निर्वाह गरेका थिए।

प्रधानमन्त्री केपी शर्मा ओलीले एक भव्य समारोहबीच रेस्लिङको उद्घाटन गरेका थिए । उनले उद्घाटन समारोहमा अन्तर्राष्ट्रियस्तरका यस्ता म्याचहरू नेपालमा हुनु सुखद भएको बताए। उनले नेपालमा खेलकुदको विकास र विस्तारका लागि सरकार संवेदनशील रहेको बताए । ‘देशको समृद्धिको मापन खेलकुदले गर्ने गर्दछ, खेल क्षेत्रलाई अगाडि बढाउन प्रतियोगिताले महत्त्वपूर्ण भूमिका खेल्नेछ,’ उनले भने । प्रधानमन्त्री ओलीले पहिलो राउन्डको खेलका विजेता अमेरिकाका बुफा र न्युजिल्यान्डका राल्डेनलाई मेडलसमेत प्रदान गरे।





Comments

comments

Leave a Reply

12060