‘नेपालको राजनीति गर्न देशभित्रै प्रयाप्त छन्, अमेरिकामा बसेर गर्नु पर्दैन’ – राजदूत कार्की

नतिबाबु भट्ट / एचकेनेपाल डट कम –
कोलोराडो, अमेरीका। अप्रिल १६, अमेरीकाको लागि नेपालका राजदूत डा. अर्जनकुमार कार्कीले कोलोराडोमा शनिवार एक समारोहबीच नेपालमा राजनीति गर्न देश भित्रनै प्रयाप्त मानिस भएकाले अमेरीकामा बसेर नेपालको राजनीति गर्नु नपर्ने धारणा राखेका छन्।

संखुवासभा जिल्लाबाट अमेरीकामा आई बसोवास गर्ने नेपालीहरु एक जुटभई गठन गर्न लागिएको संखुवासभा समाजको प्रथम साधारण सभाको पानसमा बत्ती बालेर उद्धाटन गर्दै उनले उक्त धारणा राखेका हुन्।

राजदूत कार्कीले अमेरीकामा बसेर नेपालको लागि राजनीति गर्नुको सट्टा यहिको पार्टीमा सकृय भई नीति निमार्ण तहमा पुग्न सके नेपालको हितमा नीति निर्माण गर्न सकिने र यसबाट नेपाललाई ठूलो सहयोग पुर्याउन सकिने धारणा राखेका हुन्।

विश्वमा नामै नसुनिएका देशका मनिसले यहाको राजनीतिमा प्रवेश गरी माथिल्लो ओहोदामा पुगेर आफ्नो मुलुकलाई धेरै सहयोग पुर्याएका प्रसंग उल्लेख गर्दै उनले अहिले नेपालीमूलका मान्छे त्यो ठाउंमा भए आज आफूलाई कामगर्न कति सजिलो हुन्थ्यो होला भनेर कल्पना गर्ने गरेको बताए।

उद्धाटन सत्रमा शुभकामना मन्तव्य राख्नेहरुमा पशुपति फाउण्डेसन क्यालीफोर्नियाका अध्यक्ष तथा आर्टिसिया सिटीका प्लानिङ्ग कमिस्नर भक्त थापा, भर्जिनिया प्रतिनिधि पवन बराकोटी खनाल, कोलोराडोमा चालिस बर्षदेखि बसोवास गर्दे आएका हेल्पिङ्ग ≈याण्डका अध्यक्ष नारायण श्रेष्ठ, नयनराज पोख्रेल लगायतका रहेका थिए।

वक्ताहरु सबैले आ–आफ्नो राजनीति आस्था, मूल्य र मान्यतादेखि माथि उठेर बिशुद्ध गृह जिल्ला तथा मातृभूमिको विकासको लागि समाजले अमूल्य योगदान गर्न सकोस् भनी शुभकामना दिएका थिए।

समाजका संयोजक शान्ति श्रेष्ठको अध्यक्षतामा संम्पन्न उद्धाटन सत्रको कार्यक्रममा धर्मराज श्रेष्ठले स्वागत मन्तब्य राखेका थिए भने हरिकुमार श्रेष्ठले कार्यक्रम संचालन गरेका थिए।

हसिलो मुद्रामा कार्यक्रम स्थल प्रवेश गरेका प्रमुख अतिथि राजदूत कार्कीलाई संयोजक शान्ति श्रेष्ठले खादा पहिर्याई दिई स्वागत गरेकी थिईन्।

कोलोराडोको लङमन्टस्थित एभरेष्ट रेष्टुरेन्टमा सम्पन्न कार्यक्रममा संखुवा सभामा जन्मेर अमेरीकामा बसोबास गर्ने नेपाली, स्थानीय संघ संस्थाका प्रतिनिधि, बुद्धिजीवी, पत्रकार लगायतका व्यक्तिहरुको बाक्लो उपस्थिती रहेको थियो।

कार्यक्रममा बेलायत, हङकङ, कोरिया, सिंगापुर, बु्रनाई, दुवाई, कतारमा संखुवासभा समाज गठन भईसकेको र अमेरिका, अष्ट्रेलिया, जापान, क्यानडा, वेल्जियममा गठन हुने क्रममा रहेको जानाकारी गराईएको थियो।

त्यस्तैगरी संखुवासभामा जन्मेर अमेरीकामा माथिल्लो स्तरमा पुग्न सफल व्यक्तिहरुको नाम पढेर सुनाईएको थियो। जसमा स्वयं माहामहिम राजदूत अर्जुनकुमार कार्की, अमेरिकी राष्ट्रपति ओवामाका एसियन अमेरिकन तथा प्यासिफिक आइल्याण्डर सम्बन्धि सल्लाहकार मण्डलका सल्लाहकार संजिता प्रधान, एनआरएनका निवर्तमान डाईरेक्टर बलराम थापा, नेपाली जनसंम्पर्क समिति अमेरीकाका उपाध्यक्ष धर्मराज श्रेष्ठ, प्रवासी नेपाली मन्चका अमेरिकाका उपाध्यक्ष जीवन जोशी, अमेरीका डेमोक्याटीक पार्टी कोलोराडो राज्य बोल्डर काउन्टीको पार्टी भोलेन्टियर परिचालन कमिटिका संयोजक सुरेन्द्र श्रेष्ठ लगायतका व्यक्तिहरु सवै संखुवासभामा जन्मिएका भनेर जानकारी गराईएको थियो।

उद्धाटन सत्रपछि बसेको बन्द सत्रले समाजको विधान पारित गर्दै संयोजक शान्तिको संयोजकत्वमा ३१ सदस्सीय तदर्थ समिति गठन गरेको छ।

हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

Leave a Reply

12067