अनुष्का मानन्धरलाई राइजिङ स्टार – २ को उपाधि

सौरभ श्रेष्ठ / एचकेनेपाल डट कम –
होलिगार्डेन स्कुल बालाजुकी कक्षा ९ मा अध्ययनरत अनुष्का मानन्धरले राइजिङ स्टार – २ को उपाधि जितेकी छन्। मानन्धरले बेष्ट परफरमेन्स अवार्डसहित दोश्रो राईजिङ स्टारको ताज पहिरिन सफल भएकी हुन्।

अनुष्काले नगद रु. ५० हजारका साथमा ताज, ट्रफी, तथा विभिन्न आकर्षक गिफ्टह्याम्परहरु जितेकी छिन्। अनुष्कालाई गतवर्षको पहिलो विजेता स्मेरा सिंले ताज पहिरिदिएकी थिइन्।

डेफोडिल स्कुल कपनमा कक्षा ७ मा अध्ययनरत आशिका पराजुली मस्ट ब्युटिफुल अवार्डसहित सिनिएर तर्फबाट फस्टरनरअप बन्न सफल भईन् भने जुनिएर तर्फबाट लिटिल एन्जल स्कुलकी कक्षा ५ मा पढ्ने क्रिष्टल राई मस्ट फोटोजेनिक अवार्ड सहित फस्र्टरनरअप हुन सफल भईन्।

सेकेण्ड रनरअप सिनियर तर्फको उपाधि भने माउण्टभ्यु स्कुलमा कक्षा ९ मा पढ्ने निराजन राउतले बाजी मारे र जुनिएर तर्फबाट बेष्ट पर्सानालिटी अवार्ड सहित लिटिल एन्जल स्कुलकी शितल लिम्बु सेकेण्ड रनरअप भईन्।

कार्यक्रमका निर्णायकहरुमा बरिष्ठ पत्रकार अशोकप्यासी राई, संगीतकार टीका भण्डारी, टीभी जोर्नालीष्ट सुमीतप्रताप जबरा, नृत्य निर्देशक सुमनसागर जंग केसी, मोडल कला सुब्बा, मीस मंगोल २०१२ की सपना रोका, मेनहन्ट २०११ निर्जन थापा र मीस युथ २०१५ की दिपीका केसी रहेका थिए।

सोही कार्यक्रममा क्रियटीभ वल्र्ड शैक्षिक सम्मान २०७२ बाट होलीगार्डेन स्कुल बालाजुका संस्थापक प्रिन्सिपल एवं प्रशिद्ध गायक तथा संगीतकार श्री किरण प्रधानलाई सम्मान गरियो भने नगद रु. १०,००० सहित क्रियटीभ वल्र्ड शैक्षिक पत्रकारिता पुरस्कारद्धारा शिक्षा पत्रकार एवं स्काउट मास्टर श्री बलराम प्यासीलाई प्रदान गरियो ।

कार्यक्रममा प्रशिद्ध गायक धिरज राईका साथ कलाकारहरु जलज प्रजापति, स्वराजसागर प्रधान, मेनुका राई र रेवत राईले आफ्नो गायन प्रस्तुती दिएका थिए भने गतवर्षकी बिजेता स्मेरा सिंहले तथा बन्दना कला केन्द्रले नृत्य प्रश्तुत गरेका थिए।

नेपाली राष्ट्रगानका रचयिता व्याकुल माइलाले पानसमा द्धीप प्रज्जवन गरि कार्यक्रमको उद्घाटन गरिएको कार्यक्रमका संयोजक तथा क्रियटीभ वल्र्डका प्रबन्ध निर्देशक प्राज्ञ शान्तिराम राईले बालबालिकाहरुको व्यक्तित्व विकास, बौद्धिक विकास र कला प्रतिभाको बिकासले भोलिको सबल राष्ट्र निर्माणमा सघाउ पुर्याउन मद्धत पुग्ने विश्वासका साथ यस किसिमको कार्यक्रम आयोजना गरिएको बताए।

कार्यक्रम सफलताका साथ सम्पन्न गर्न पाएकोमा साथ दिने सम्पुर्ण अभिभावक, स्पोन्सरर्स, सपोटर्स, विद्यालयका प्रिन्सिपल, संचारजगत लगायत सम्पूर्ण सहयोगीहरुलाई धन्यवाद व्यक्त गरे।

क्रियटिभ वर्ल्ड, नेपालद्वारा आयोजित “लक्ष्मी स्टील राईजिङस्टार – सिजन २” प्रतियोगिता बालबालिका भित्र रहेको प्रतिभा, बौद्धिक क्षमता र सुन्दरता उजागर गर्ने उद्धेश्यले आयोजना गरिने वर्षकै भव्य कार्यक्रम मानिन्छ।

सव टाईटल अवार्ड पाउने प्रतियोगीहरु ः
१. मस्ट ट्यालेन्टेड अवार्ड – जुनियरबाट आर्या केसी (कक्षा ४, आइडल मोडल स्कुल)
सिनियरबाट ह्रितिना भट्टराई (कक्षा , क्यारिवियन स्कुल)
२. बेष्ट पर्सोनालिटी अवार्ड – जुनियरबाट शितल लिम्बु (कक्षा ५, लिटिल एन्जल स्कुल)
सिनियरबाट क्रेशा कोइराला (कक्षा ८, जेम्स स्कुल)
३. बेष्ट परफरमेन्स अवार्ड – जुनियरबाट आर्या केसी (कक्षा ४, आइडल मोडल स्कुल)
सिनियरबाट अनुष्का मानन्धर (कक्षा ९, होलिगार्डेन स्कुल)
४. मोस्ट फोटोजेनिक अवार्ड – जुनियरबाट क्रिष्टल राई (कक्षा ५, लिटिल एन्जल स्कुल)
सिनियरबाट श्रेया राई (कक्षा ६, लिटिल एन्जल स्कुल)
५. बेष्ट डिसीप्लिन अवार्ड – जुनियरबाट रिभा महर्जन (कक्षा ४, पुष्पसदन स्कुल)
सिनियरबाट अर्विशा थापा (कक्षा ८, लिटिल एन्जल स्कुल)
६. क्युटेष्ट चाईल्ड अवार्ड – जुनियरबाट एन्जल तिमील्सीना (कक्षा २, क्याम्ब्रीज पब्लिक स्कुल) सिनियरबाट ममता गौतम (कक्षा ७, लिटिल एन्जल स्कुल)
७. मोष्ट ईन्टेलीजेन्ट अवार्ड – जुनियरबाट अनिल तामाङ (कक्षा २, इडनब्रीज एकेडेमी)
सिनियरबाट श्रेहा अग्रवाल (कक्षा ८, लिटिल एन्जल स्कुल)
८. मोष्ट कन्फीडेन्ट अवार्ड – जुनियरबाट जान्बी भण्डारी (कक्षा २, लिटिल एन्जल स्कुल)
सिनियरबाट परिशा भट्टराई (कक्षा ९, होलिगार्डेन स्कुल)
९. बेष्ट स्माईल अवार्ड – जुनियरबाट डेबिट राई (कक्षा ४, ब्राइटस्टार स्कुल)
सिनियरबाट ह्रितिना भट्टराई (कक्षा ८, क्यारिवियन स्कुल)
१०. बेष्ट फ्रेन्डशीप अवार्ड – जुनियरबाट कृतज्ञ राई (कक्षा २, इडनब्रीज एकेडेमी)
सिनियरबाट क्रिस्टिना सिन्चुरी (आइडल इङ्लिस स्कुल)
११. मोष्ट सिन्सियर अवार्ड – जुनियरबाट निलिशा तण्डुकार (कक्षा ४, आइडल मोडल स्कुल)
सिनियरबाट गरिमा श्रेष्ठ (कक्षा ९, ग्यालेक्सी पब्लिक स्कुल)
१२. स्मार्ट चाईल्ड अवार्ड – जुनियरबाट सिरिन श्रेष्ठ (कक्षा ४, सेन्ट मेरिज स्कुल)
सिनियरबाट सन्ध्या अर्याल (कक्षा ६, पुष्पसदन स्कुल)
१३. मोष्ट हेण्डसम अवार्ड – जुनियरबाट शुभम शर्मा (कक्षा २, लिटिल एन्जल स्कुल)
सिनियरबाट सामुयल लामा (कक्षा ७, नाइटिंगेल स्कुल)
१४. मोष्ट ब्युटीफूल अवार्ड – जुनियरबाट समिक्षा गुरुङ (कक्षा ४, लिटिल एन्जल स्कुल)
सिनियरबाट आशिका पराजुली (कक्षा ७, डेफोडिल स्कुल)
१५. मोष्ट पपुलर अवार्ड – जुनियरबाट एन्जिला महर्जन (कक्षा ३, आइडल मोडल स्कुल)
सिनियरबाट श्रेया थापा (कक्षा ७, जेम्स स्कुल)
१६. मोस्ट अबिडियन्ट अवार्ड – जुनियरबाट सुहाना श्रेष्ठ (कक्षा ५, आइडल मोडेल स्कुल)
सिनियरबाट ब्रिक्श्ना शाही (कक्षा ६, लिटिल एन्जल स्कुल)
१७. मोस्ट हेल्पफूल अवार्ड – जुनियरबाट दीया सिलवाल (कक्षा ४, ब्राइटफ्यूचर स्कुल)
सिनियरबाट अन्वेष निरौला (कक्षा ९, बिनायक शिक्षा निकेतन)
१८. उत्कृष्ठ अभिभावक सम्मान – जुनियरबाट एन्जीला महर्जनकी अभिभावक
सिनियरबाट श्रेया थापा तथा क्रेशा कोइरालाका अभिभावक ।





Comments

comments

Leave a Reply

12119