नेपाली किशोरीमाथि एक सय १३ भारतीयबाट यौन शोषण

एजेन्सीः नेपालबाट भारतको पूणे गएकी एक किशोरीमाथि यौन शोषण गर्ने गरेको आरोपमा भारतीय प्रहरीले एक सय १३ विरुद्ध मुद्दा दर्ता गरेको छ।

१६ वर्षीया पीडित किशोरीको दाबी अनुसार दुई वर्षदेखि लगातार एक सय बढीले यौन शोषण गरेका थिए । पूणे पुलिसले किशोरीको यौन शोषणमा संलग्न भएका मध्ये स्वीकृति खरेल, रमेश ठाकुला, तपेन्द्र शाही, हरिश शाह, रोहित भण्डारीलाई पक्राउ गरेको खबर अन्नपूर्णपोष्ट दैनिकमा छ।

दुई वर्षसम्म लगातार यौन शोषण गरेको बताएकी पीडित किशोरीले पुलिसलाई दिएको बयान अनुसार शर्मिला (नाम परिवर्तन)को घर झापाको काकड्भिट्टा हो । उनको परिवारमा आर्थिक संकट थियो।

शर्मिलाका पिता चियाको सानो पसल चलाएर बसेका थिए । त्यही चिया पसलबाट उनले जसो तसो घर चलाएका थिए । रोहित भण्डारी शर्मिलाका बुबाको पलसमा आउने जाने गर्थे । उनी त्यही क्रममा शर्मिलाका बुबासँग साथी भए।

परिवारको आर्थिक अवस्था कमजोर देखेका उनले एक दिन भारतको पूणेमा ब्यूटी पार्लरमा राम्रो काम लगाइदिने भनेर प्रस्ताव राखे । शर्मिलाका बुबाले साथीको विश्वास गरेर उनलाई शर्मिलालाई पूणे पठाइदिए।

रोहितले भने अनुसार नै शर्मिलालाई ब्यटी पार्लरमा नोकरी लगाई दिए । सुरुका केही दिन शर्मिलाले सजिलै दिन बिताइन । उनले अब जीवन सहज हुने सोच्न थालिन।

केही दिनमै रोहितले शर्मिलालाई देह व्यापारमा पुर्याए । रोहितको व्यवहारको चर्को विरोध गरेर स्वीकार नगर्दा रोहितले उनलाई नशा खुवाएर शारीरिक अत्याचार गर्न थाले।

शर्मिला डराएरै दुई वर्षसम्म रोहितको शारीरिक शोषण पीडित भइन । दुई वर्षको अवधिमा शर्मीलाले रोहितका साथमा एक सय बढी केटासँग रात बिताउनु परेको थियो।

शर्मिलाले आफूलाई रोहितले यो अवधिमा अलगअलग ठाउँमा राखेर यौन शोषण गर्ने गरेको बताएकी छन्।

शर्मिलाले पुलिसलाई बताए अनुसार रोहितले स्वीकृतिको साथ लगाएर उसका साथीका साथमा देह व्यापारका लागि हैदरावाद, अहमदावाद लगायत क्षेत्रमा समेत लान्थे।

पछिल्लो महिनामा भने स्वीकृतिले शर्मिलालाई पूणेको एउटा फ्ल्याटमा लगीन् । त्यहाँ उनलाई कुटपिट गर्दै गर्भपतन गर्न लगाइयो।

त्यो फ्ल्याटमा दिल्लीकी एउटी मोडललाई समेत राखिएको थियो । ति २६ वर्षीया मोडललाई समेत स्वीकृतिले यौन व्यापार गर्न बाध्य बनाएकी थिइन् ङ।

यही क्रममा शर्मिला एउटा मौका छोपेर मोडलसँग भागेर दिल्ली पुगिन् । दिल्ली पुगेकै मौकामा उनले प्रहरीमा उजुरी गरिन्।





Comments

comments

Leave a Reply

12125