नेपाली झण्डाअंकित ४ विमान चीनमै अलपत्र

वैशाख ९, २०७३- नेपाल पठाउन तयार ४ वटा विमान चीनका २ प्रान्तमा अवस्थित विमान कारखानामै थन्किएका छन् ।

ती विमानका लागि नेपाल सरकारले चिनिया एक्जिम बैंकमार्फत आधा भन्दा बढी रकम तिरिसकेको छ । तर, समयमै नेपाल नलिंदा विमान कारखानामै अलपत्र परेका हुन । उड्ने अवस्थामा रहेका एमए ६० र वाई १२ जहाज लैजान भएको ढिलाई प्रति चीनिया पक्षले चिन्ता जनाएको छ।

नेपाल वायु सेवा निगम लेखिएका, राष्टिय ध्वजाबाहक विमान ४ महिनादेखि वेवारिसे बनेका हुन् । ती जहाजलाई गत डिसेम्बरमा नेपाली प्रतिधिनिमण्डल आई परीक्षण उडान समेत गरेका थिए ।

दुई देशका सरकारबीच भएको जहाज खरिद सम्झौता अनुसार चीनिया पक्षले ५५ सिटे एमए ६० र १३ सिटे वाई १२ जहाज तयार गरेको हो । हेइलंग जीयांग प्रान्तको हार्विन शहरमा अवस्थित कारखानामा ३ वटा वाई १२ र सान्सी प्रदेशको सियानस्थित कारखानामा एउटा एमए ६० जहाज तयारी अवस्थामा छन् । चीनिया जहाज कम्पनी एभिक इन्टरनेशनमार्फत जहाज खरिद गर्ने सम्झौता सन् २०१४ मा दुई देशबीच भएको थियो ।

‘जहाज तयार छन् । नेपाल सरकारले लैजाने दिन पर्खेर बसेका छौं,’ एभिक हार्विन कम्पनीका उप निर्देशक सिन चांग कींगले कान्तिपुरसंग भने । नेपाललाई एमए ६० र वाई १२ जहाज एक, एक वटा निशुल्क उपलब्ध गराउने, बांकी जहाज सुलभ ब्याजदरमा किन्ने सम्झौता भएको थियो । सोही अनुसार अनुसार अनुदानमा पाउने २ जहाज भने चीनले नेपालमा पठाई उडान सुरु गरिसकेका छन् ।

खरिद गर्नपर्ने ४ जहाज भने लैजान ढिलाई भएको हो । ती जहाजका लागि ३ करोड ५१ लाख अमेरिकी डलर लाग्नेमा ६० प्रतिशत रकम एक्जिम बैंकमार्फत कम्पनीलाई उपलब्ध भइसकेको छ । उक्त बैंकले १.५ को सस्तो ब्याजदरमा नेपालले तिर्ने गरी उक्त रकम नेपाल सरकारलाई उपलब्ध गराएको हो ।

पहिलो किस्ता बापत २ करोड ११ लाख रुपैया अमेरिकी डलर नेपाल सरकारले बुझाइसकेपनि जहाज भने चीनमै थन्किएका छन् ।

उपनिर्देशक किंगले परीक्षण उडान सकिएपछि नेपाली पक्षले अब जहाज लैजान ढिलाई गर्न नहुने सुझाव समेत दिए ।

गत जनवरीमा पर्यटन मन्त्रालयका सहसचिव सुरेश आचार्यको नेतृत्वको टोली पुन चीन आई जहाजको अवस्थाबारे अध्ययन गरी सकरात्मक प्रतिवेदन सरकारलाई बुझाएका थिए ।

सम्झौता अनुसार जहाज काठमाडौं उत्रेपछि एक वर्षसम्म प्राविधिक सहयोग, तालिम, पार्टपूर्जा समेत चिनिया पक्षले उपलब्ध गराउने भएको छ। प्याकेज अन्तर्गत अनुदानका २ जहाज लगि बांकि ढिलाई भएकोमा चिनिया पक्षले असन्तोष जाहेर गरेको खबर कान्तिपुर दैनिकमा छ।

हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

Leave a Reply

12129