दिल्लीमा देउवाको मस्ती, यता पौडेलको रुवाबासी…

काठमाडौँ, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा पत्नी आरजुको उपचारको बहानामा यतिखेर दिल्लीमा छन् । काँग्रेस सभापतमिा निर्वाचित भए लगत्तै दिल्लीको बोलावटमा त्यता लागेपछि रामचन्द्र पौडेलको भने यता रुवाबासी सुरु भएको खबर आजको जनआह्वान साप्ताहिकले छापेको छ। प्रधानमन्त्री खड्ग ओलीसँग गुनासो गर्दै बालुवाटारमा रुनै खोजेका थिए।

संविधान कार्यान्वयनका लागि सहमति जुटाउने भन्दै पौडेलले पछिल्लो दिनमा प्रधानमन्त्री ओली र एमाओवादी अध्यक्ष प्रचण्डसँग भेटवार्ता गरेका छन् । काँग्रेस संसदीय दलको नेतामा निर्वाचित भएपछि देउवालाई भावी प्रधानमन्त्रीको रुपमा हेरिने गरिएको छ ।

प्रधानमन्त्रीको लाइन मिलाउन देउवा दिल्ली उडेको चर्चा चलीरहेको बेला पौडेलले भने आफ्नो पार्टी राजनीतिक सिध्याइदिएको भन्दै ओली र प्रचण्डसँग गुनासो गरेको सम्बवद्ध पक्षले जनाएको छ ।

पार्टी पनि उनलाई, संसदीय दल पनि उनलाई, प्रधानमन्त्री पनि उनलाई, मेरो मान्छे न संसदीय दलमा न त सरकारमा नै हुने अवस्था आयो, राजनीतिक नियुक्तीमा समेत त्यस्तै हुने भयो लौ न केही न केही गर्नुपर्यो भन्दै पौडेलले ओली र दाहालसँग अनुनय गरेको बताइन्छ ।

राजनीतिक रुपमा कोही कर्नरमा परेको छ भने यतिखेर रामचन्द्र पौडेलल नै हुन् । १७ पटक प्रधानमन्त्रीमा हार्दा समेत पार्टी छ भन्दै बसेका उनलाई पछिल्लो दिनमा सभापति र संसदीय दलको नेता समेत हार्नुपर्दा पर्नु पिर परेको छ । आफ्नो गुट पनि जोगाउन नसक्ने अवस्था पौडेल पुगेका छन् । उनलाई साथ दिने नेता तथा कार्यकर्ता अब काँग्रेसमा नरहेको बताइन्छ ।

प्रकाशमान सिंहको ड्यासिङ छैन, डा रामशरण महत निहु खोज्न मात्रै जानेका छन् । पौडेलले ओलीसँग गरेको गुनासो उदृत गर्दै स्रोतले भन्यो राजनीतिमा स्थायी शत्रु र मित्र हुँदैन भन्थे तर मेरो लागि यस्तै भयो भन्दै रुनै खोजेका थिए । उता दिल्लीमा रहेका देउवा भने उच्च नेतृत्वसँग भेटवार्ता गरेर नेपालको पछिल्लो अवस्था बारे जानकारी गराएका छन् ।

दिल्लीस्थित उच्च स्रोतकाअनुसार भारतीय पक्षले उनलाई प्रधानमन्त्रीको तयारी गर्न भनिएको बताइन्छ । तीन पटक प्रधानमन्त्री भइसकेका देउवालाई प्रधानमन्त्री बन्न भने त्यति सहज छैन । वर्तमान सरकारको प्रमुख सहयोगी घटक एमाओवादी, राप्रपा नेपाल र विजय गच्छदारले सरकार नछाड्दा समेत सरकारको विषयमा कुनै घुन पुत्लो लाग्ने देखिदैन । यता पौडेल भने सबै काम देउवाले गर्ने गरेको भन्दै गुनासो गर्ने गरेको बताइन्छ । आफ्ना भनिएका मधु आचार्य र उनका पत्नी कमला पन्त बाहेक अरु सबैले पौडेलको साथ छाडेको बताइन्छ।





Comments

comments

Leave a Reply

12137