राजतन्त्र ब्यूँताउन अमेरिकामा राजावादीहरुको भेला

हर्ष पाण्डे –

राजतन्त्र समर्थकहरुको मास्टर माइन्डहरुले सार्वजनिक मीटिंग गरेको कमै पाइएको छ। यी व्यक्तिहरुले आखिर के खोजि रहेका छन् नेपालमा?

नेपालमा पटक पटक राजतन्त्र फिर्ता आउने नारा र विचारहरु चलिनै रहेका छन्। हुन त राजतन्त्र औपचारिक रुपमा समाप्त भएको आठ वर्ष नै भै सक्यो। यसै बीच नेपाल सरकारका परराष्ट्रमन्त्री कमल थापा अमेरिकामा देखिए।


तस्वीर आफै बोल्छ

उनले राजधानी वाशिंगटन डीसीमा र न्युयोर्कमा धेरै नेपालीहरुलाई भेटेका छन्। वाशिंगटन डीसीको एक समारोहमा कमल थापा देखिए आशुतोष श्रीवास्तवसंग।

देखिनेहरुमा अरु थिए एनआरएनका थुप्रै पदाधिकारीहरु। सन् २००८ मा राजतन्त्र सकेको बेलामा अमेरिकाबाट एउटा चर्को आवाज उठेको थियो राजतन्त्र र हिन्दू राज्यको पक्षमा। त्यो संस्था थियो सयुंक्त राष्ट्रवादी नेपाली। डीसीमा देखिए थापा संस्थाका संस्थापक आशुतोष श्रीवास्तवसंग भलाकुसारी गर्दै।

यो संस्था अचानक शिथिल किन भन्ने प्रस्न पहिले भारतको सिक्किम टाइम्समा आइ सकेको छ। स्मरण रहोस् राज संस्थाको पुनर्स्थापना नेपालको लागि घातक हुने धेरैले भनिसकेका छन्। पहिले अमेरिकामा राजाको खुला समर्थन गर्नेमा थिए श्रीवास्तव र उनले जोडेको टीम जसमा डाक्टर कमल पाण्डे जस्ता न्युयोर्कका परिचित व्यक्तित्व, टेलिभिजन पेर्सोनालिटी रमासिंह, बिशाल शाह, भारत केसरसिंहका भाइ बिराट सिंह र नेपाल सरकारका पूर्व मुख्यसचिव दिवाकर पन्त।

आखिर किन भेटघाट भयो त थापा र श्रीवास्तव बीच। संगै देखिए राजा बिरेन्द्र र ज्ञानेन्द्रका खास र पूर्व पत्रकार कृष्ण राज पाण्डे। साहित्यकार कमला प्रसाई पनि यस संस्थाकी संस्थापक मध्ये एक हुन्। राजतन्त्रको समर्थनका कारण उनले पटक पटक अनेसास नामक साहित्यिक संस्थाबाट आलोचना पाएकी छिन्।

हार्वर्ड विश्वविद्यालयमा पढिरहेको बेला राजा ज्ञानेन्द्रलाई हार्वर्ड विश्वविद्यालयमा आएर भाषन गर्न श्रीवास्तवले राजालाई विश्वविद्यालयको प्रोपोजल लिएर गएको खुलासा भएको थियो। यसै बीच श्रीवास्तवले लण्डनको क्याम्ब्रिज विश्वविद्यालयसँग पनि निम्तो पठाएका थिए। ज्ञानेन्द्र र श्रीवास्तवको बीचमा के कस्ता कुराहरु भएका छन् भन्ने अनुमान मात्र गरिएको छ।


साहित्यकार कमला प्रसाई (पछाडि) र कृष्ण पाण्डे

भारतको बीजेपीका नेता सुब्रमनियम स्वामीसँग घनिष्ट मित्रता राखने श्रीवास्तवले ज्ञानेन्द्र र बीजेपीको अनौपचारिक म्यासेज आदानप्रदान गर्ने गरेका छन्।

यसै बीच २०१२ को संबिधानसभाको म्याद सकिने दोस्रो दिन राजतन्त्रको वेबसाइट बनाउन श्रीवास्तवलाई ज्ञानेन्द्रले आदेश दिएका थिए। हिन्दुस्तान टाइम्स र बीबीसीका अनुसार सो वेबसाइट मनीषा कोइरालाले बनाएको खबरमा आएको थियो तर पछिको खबरमा त्यसलाई सच्चाइयो।

मनिषा कोइराला र श्रीवास्तवको बीचमा कुराहरु पनि गोप्य नै छन्। आफूलाई राजनीतिमा एक्टिव नभन्ने तर पछाडी राजतन्त्रको सपोर्ट गर्ने मनिषाको चर्चा मेडियामा आउने गरेको छ।

के सयुंक्त राष्ट्रवादी नेपाली र अहिले थुप्रै नयाँ राजावादी संगठनहरुले साँठगांठ गर्ने प्लान छ? यो प्रश्नको उत्तर त सायद छिटै नै आउला। तर के यस्ता राजावादीको झुण्डले ल्याएको परिवर्तन स्थायी हुन्छ? कमल थापाको अमेरिका भ्रमण र पटक पटक भारत भ्रमण सरकारी कामले मात्र हो भन्न अलि अपचिलो छ। सरकारी कामसंग संगै थापाले राजतन्त्र र हिन्दू राज्यको पक्षमा अवश्य पहल गरि रहेका छन्।





Comments

comments

Leave a Reply

12188