दलालको कमाइ दिनमै १ लाख

मूल्य र कारोबारमा भएको बृद्धिसँगै सेयर दलालहरुको कमाइ दैनिक ५० लाख रुपैयाँसम्म पुगेको छ।

गत असारदेखि फागुनसम्मको कारोबार रकम र त्यसमा दलालले लिने गरेको न्यूनतम कमिसनका आधारमा यो रकम आएको हो। यसका आधारमा प्रत्येक दलालले दैनिक औसत करिब १ लाख कमाएको देखिन्छ। कार्यरत ५० दलालहरुमध्ये कार्यक्षमताअनुसार केहीले धेरै र केहीले कम कमाउँदै आएका छन्।

गत साउनदेखि फागुनसम्म ७० अर्ब ११ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। उक्त अवधिमा १ सय ४९ सेयर कारोबार भएको थियो।

दलालले खरिद र विक्री दुवैमा समान शुल्क उठाउने भएकाले कारोबारको दोब्बर रकमबाट शुल्क लिन्छन्। कान्तिपुर दैनिकमा खबर छ। अहिले सेयर खरिदविक्री गरिदिएवापत दलाल कम्पनीले ५० हजार रुपैयाँसम्ममा १ प्रतिशत, ५० हजारदेखि ५ लाखसम्ममा ०.९ प्रतिशत, ५ लाखदेखि १० लाख रुपैयाँसम्म ०. ८ र १० लाख भन्दा भाथि ०.७ प्रतिशत सेवा शुल्क लिन पाइने कानुनी व्यवस्था छ।





Comments

comments

Leave a Reply

12205