एनआरएन अध्यक्ष शेष घलेद्वारा तमु सांस्कृतिक प्रतिष्ठानलाई ५ लाख सहयोग

हुम तमु / एचकेनेपाल डट कम –
पोखरा, १६ बैशाखर गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय (एनआरएन आइसिसी) अध्यक्ष शेष घलेले गरिब तथा जेहेन्दार तमु विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गर्न तमु साँस्कृतिक प्रतिष्ठान नेपाललाई ५ लाख रुपैया हस्तान्तरण गर्नुभएको छ।

उच्च शिक्षा हाम्रो लक्ष्य नाराका साथ क्रियाशील तमु साँस्कृतिक प्रतिष्ठान नेपालद्धारा नेपालका ग्रामीण क्षेत्रका सामुदायिक विद्यालयमा कक्षा ८, ९ र १० मा अध्ययनरत गरिब तथा जेहेन्दार तमु विद्यार्थीहरुलाई प्रदान गर्दै आईरहेको छात्रवृत्ति अभियानमा वार्षिक ५ जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्न अध्यक्ष घलेले प्रतिष्ठानका आजीवन सदस्य इञ्जिनियर कृष्णबहादुर गुरुङ, आजीवन सदस्य तथा अक्षयकोषदाताद्वय काजी गुरुङ, मञ्जु गुरुङलाई काठमाडौंमा एक कार्यक्रमका विच ५ लाख रुपैयाको चेक हस्तान्तरण गर्नुभएको हो।

गत ल्होछारको कार्यक्रममा तमु धिं युकेको आमन्त्रणमा युके पुग्नु भएका अध्यक्ष घलेले तमु साँस्कृतिक प्रतिष्ठान नेपालको छात्रवृत्ति अभियानको बारेमा जानकारी पाउनु भएपछि अक्षयकोषका लागि ५ लाख रुपैया प्रदान गर्ने उद्घोष अनुसार काम विशेषले काठमाडौं आउनु भएको बखत उक्त रकम हस्तान्तरण गर्नुभएको हो।

चेक हस्तान्तरण गर्नुहुदै अध्यक्ष घलेले तमु साँस्कृतिक प्रतिष्ठान नेपालले शिक्षाका लागि उदाहरणीय कार्य गरिरहेको जानकारी पाएर आफूले अक्षयकोषका लागि रकम प्रदान गरेको र आगामी दिनमा पनि सहयोग जारी रहने बताउनुभयो।

तमु धिं युकेका संस्थापक अध्यक्ष मिनप्रसाद गुरुङ, पूर्वअध्यक्ष तथा सल्लाहकार मेजर डम्बर घले, पूर्व अध्यक्ष तथा एनआरएन युकेका अध्यक्ष मुछेत्र गुरुङले प्रतिष्ठानले गर्दै आईरहेको गतिविधीको बारेमा जानकारी गराउदै अक्षयकोषका लागि पहल पश्चात उक्त रकम प्राप्त भएको भन्नुहुदै तमु साँस्कृतिक प्रतिष्ठान नेपालका अध्यक्ष चिजकाजी गुरुङले अक्षयकोषदाता घले र पहलकर्ता तमु धिं युकेका पूर्व अध्यक्षहरुलाई धन्यवाद व्यक्त गर्नुभयो।

हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

Leave a Reply

12213