भूकम्पपीडितलाई सहयोग गर्ने नाममा कहाँ जाँदै छ १४ अर्ब रुपैयाँ ?

भूकम्पपीडितलाई सहयोग गर्ने नाममा ०७२ वैशाखयता समाजकल्याण परिषद्बाट १६ अन्तर्राष्ट्रिय गैरसरकारी संस्था (आइएनजिओ)ले स्वीकृत लिएका छन् । परियोजना अनुमति पाएका आइएनजिओको कुल बजेट १३ अर्ब ८० करोड २६ लाख ६७ हजार नौ सय ९२ रुपैयाँ छ । यो रकमबाट के काम भइरहेको छ भन्ने परिषद्लाई पत्तो छैन।

स्वीकृति लिएका आइएनजिओ केही जिल्लामा सीमित छन् । सबैभन्दा बढी काठमाडौं, भक्तपुर, ललितपुर, गोरखा, काभ्रे र सिन्धुपाल्चोकमा कार्यक्रम छन् । भूकम्पबाट बढी प्रभावित भनिएका रसुवा, रामेछापलगायतका जिल्लाका लागि स्वीकृति लिने कम छन् । अनुमति लिएका संस्थाबाट करिब १४ अर्ब रुपैयाँ कहाँ र कसरी खर्च हुँदै छ र के प्रगति हुँदै छ भन्नेबारे परिषद् अनविज्ञ छ।

भूकम्पपीडितका लागि गाउँ छिरेका आइएनजिओ सस्ता, प्रचारमुखी र परनिर्भर बनाउने प्रकृतिका कार्यक्रम लगेका छन् । हात धुन सिकाउने, महिनावारी भएका महिलालाई प्याड वितरण, समावेशी विकासको नारा, भूकम्पका लागि आपत्कालीन सामग्री वितरण लगायतका कार्यक्रम सञ्चालन गरेका छन् । ‘हाम्रो मुख्य आवश्यकता पुनर्निर्माण हो, त्यसमा संघसंस्थाहरूको सहयोग पाएका छैनौँ,’ बारपाकका स्थानीय सुकबहादुर विकले भने, ‘सस्तो लोकप्रियताका सानातिना सहयोग मात्रै वितरण भइरहेका छन् ।’ नयाँपत्रिका दैनिकमा खबर छ।





Comments

comments

Leave a Reply

12217