नयाँ शक्तिमा चन्दा आतंक

काठमाडौं। नयाँ शक्तिले वैशाख महिनाभर चन्दा उठाउने अभियान सुरु गरेको जनाएपनि हालसम्म कोही कसैले पनि उल्लेख्य रुपमा चन्दा नदिएको बताइएको छ।

चन्दाका लागि उद्योगी, व्यवासायीलाई पूर्व–सचिव रामेश्वर खनाल र डा. भट्टराईको हस्ताक्षर भएको पत्र पठाइएको छ।

यस्ता नौटंकीलाई किन दिने चन्दा भन्दै उद्योग वाणिज्य महासंघका एक नेताले बताए। ती उद्योगीकाअनसार चन्दा पत्रमा रकम नै तोकर मागिएको छ , जब की नयाँ शक्तिले केही समय पहिले गरेको पत्रकार सम्मलेनमा कोही कसैलाई पनि जवरजस्ती चन्दा नलिने र लिएको पाइए त्यस्तलाई कारवाही गर्ने जनाएको थियो। जनआह्वान साप्ताहिकमा खबर छ।

सो घोषणा विपरित पछिल्लो पटक पूर्व सचिव खनालले उद्योगी एवम् व्यवासायीलाई हामी त एकाध वर्षमा सरकारमा पुगी हाल्छौ, हामीलाई कमजोर ठाने राम्रो हुँदैन भन्दै धम्कीको सैलीमा चन्दा दिन भनेका छन्।







Comments

comments

Trending Now : बिष्णु माझीको फेरि आयो अर्को सुपर हिट गीत 'मान्छे फकाएर आफ्नो हुँदैन' (भिडियो सहित)