यी दुई युवती जसले भेटाएको १२ लाख फिर्ता गरे

काठमाडौं, १९ वैशाख । ‘धन देख्दा महादेवकै तीन नेत्र ।’ नेपाली समाजमा प्रचलित यो उक्तिलाई उल्ट्याउँदै पूर्वका दुई युवतीले उदाहरणीय काम देखाएका छन् ।

उनीहरुले दुर्घटनामा मृत्यु भएका एक व्यक्रिले हराएको १२ लाख रुपैयाँ भेट्टाएको थिए। उक्त रकम सम्बन्धित परिवारका सदस्यलाई खोजेर हस्तान्तरण गरे ती युवतीले ।

बिहीवार राति कोशी राजमार्ग अन्तर्गत धरान इटहरी सडक खण्डमा दुर्घटना हुँदा धरान उपमहानगरपालिका १७ का ओमबहादुर गेलालको मृत्यु भयो ।

आईएमई र जग्गा व्यापारमा संलग्न गेलालको साथमा त्यति बेला १२ लाख रुपैयाँ रहेछ। घटनापछि पैसासहित गेलालको झोला हरायो। नागरिक दैनिकमा खबर छ । गेलालको मृत्युले परिवाजन शोकमा थिए । साथमा रहेको नगद र कागजात नभेट्टिँदा पीडा झनै थपिएको थियो ।

परिवारजनले हारएको पैसा भेटिने आशा करिब करिब मारिसकेका थिए।

तर जब धरानकी ज्योति राई र मोरङकी सुनिता राईले पैसासहितको झोला भेटेका खवर आयो।

बिहिबार साँझ करिब ७ बजेतिर विश्वकर्मा मन्दिरमुनिको जंगलमा गेलाल चढेको मोटरसाइकललाई बिपरित दिशाबाट आइरहेको टेम्पोले ठक्कर दियो।

इटहरीबाट स्कुटीमा धरान फर्किरहेका सुनिता र ज्योतिले पैसासहितको कोलो व्याग भेटाए । उनीहरुले धरान १५ का बाँझगरा वन समूहका पूर्वअध्यक्षलाई यसबारे जानकरी दिए। उनले गेलाल परिवारसँग पैसा पुर्‍याउन सहयोग गरे।





Comments

comments

Leave a Reply

12248