नेपाली धावक तिगेलाले ३ लाख उठाए, बेलायती धावकले दौडदा दौडदै ज्यान गुमाए

राजु सुब्बा / एचकेनेपाल डट कम –
विश्व कै ठूलो मध्येको एक लण्डन म्याराथन २०१६ च्यारिटी दौडबाट साहित्यकार विश्वास दीप तिगेलाले १०३ सहयोगी दाताहरुबाट ३ लाख २७ हजार रुपैयाँ उठाएका छन्।

तिगेलाले ४२.१६ किलोमिटर दूरीलाई निरन्तर ५ घण्टा र ५ मिनेटमा पार गरेका थिए।

नेपालबाट भारतका सर्कसहरुमा वेचिएका नेपाली वालबच्चाहरुको उद्धार गर्ने चाइल्ड रेस्क्यू नेपाल ट्रष्टको सहयोगार्थ तिगेलाले च्यारिटी संकलन गरेका हुन्।

यस बर्षको म्याराथनमा सहभागिता जनाउन विश्वभरबाट साढे २ लाखले आवेदन भरेपनि ३९ हजारले मात्र दौडने अवसर प्राप्त गरेका थिए।

युकेमा रहेका नेपालीहरुमध्ये तिगेलालगायत मेजर प्रेम आले, जगत नवोदित र प्रियम्दा पौडेलले सहभागिता जनाएका थिए।

म्याराथनमा प्रथम हुने केन्याली धावक इलियुड किपचोजले विश्व रेकर्ड तोडदै १० लाख युएस डलर जित्न सफल बने भने ब्रिट्रिस सेनाका क्याप्टेन डेभिड सेठ दौड पूरा गर्न जोडबल गरेकै कारण दूरी पुरा नहुदै निधन भयो।

यस म्याराथनमा सहभागिता पाउनु र दूरी पुरा गर्नुलाई विश्वभर ठूलो सम्मानको रुपमा हेरिन्छ। प्रतियोगिता २४ अप्रिलमा भएको थियो।


फाइल फोटोः ज्यान गुमाएका क्याप्टेन डेभिड सेठ प्रेमिकाका साथ





Comments

comments

Leave a Reply

12264