नेपाली छोरी मिरा राईलाई बेलायतमा यसरी सम्मान गरियो

रोशन मेवाहाङ्ग / एचकेनेपाल डट कम –
लन्डन , वर्ल्ड अल्ट्रा म्याराथन सिरिजमा उत्कृष्ट स्थान लिन सक्ने सम्भावना बोकेकी मिरा राईलाई बेलायतमा विशेष सम्मान गरिएको छ। केन्ट, फोक्स्टनस्थित ग्रामर स्कुलको सभाहलमा सगरमाथा तेक्वान्दो डोजाङ,नेपाली युवा समूह बेलायत , किराँत राई यायोक्खा,जेन मार्सल आर्ट र भोजपुर समाज युकेको आयोजनामा अल्ट्रा धावक मिरालाई दोसल्ला र ताम्र पत्र सहित सम्मान गरेका छन्।

सगरमाथा तेक्वान्दो डोजाङका संस्थापक अध्यक्ष मास्टर राष्ट्र राईको सभापतित्वमा सम्पन्न भएको कार्यक्रमका प्रमुख अतिथिमा एसियामा रेकर्ड सहित प्रथम हुदै इटालीमा ५७ र ८० किलोमिटरमा प्रथम र मोन्ट–ब्लान्क फ्रान्समा रेकर्ड सहित ८० किलोमिटरको अल्ट्रा म्याराथनमा च्याम्पियनको उपाधि चुम्दै स्पेनमा भएको ११० किलोमिटरमा तिन पटक सम्मको विश्व बिजेतालाई पछि पार्दै बरियतामा बिश्व उपविजेता बन्न सफल बनेकी धावक मिरा राई,विशेष अतिथिमा एनआरएन बेलायतका अध्यक्ष मुछेत्र गुरुङ, साथै अन्य अतिथिहरु एनआरएन बेलायतका पूर्व अध्यक्ष योगेन्द्र बहादर क्षेत्री, दोस्रो्र गोर्खा बटालियनबाट रेजिमेन्टको प्रतिनिधित्व गर्दै क्याप्टेन मनिराम राई र क्याप्टेन राम राई,फोक्स्टन नेप्लिज कम्युनिटीका अध्यक्ष चन्द्रबहादुर गुरुङ,गोर्खा ईन्जिनियरका मेजर बुद्धि बहादर भण्डारी, किराँत राई यायोख्खाका अध्यक्ष पदम राई,भोजपुर समाज युकेबाट दिपेन्द्र राई, किराँत याक्थुङ्ग चुम्लुङ्गबाट पुर्ण मादेन, मगर संघ एसोसियसनका अध्यक्ष श्रीमती सिता पुन, तामाङ समाजबाट दिपक कुमार तामाङ, सेर्पा समाजका अध्यक्ष साना सेर्पा ,डोबर कम्युनिटीका अध्यक्ष काजिमान याक्सो, तमुधी युकेबाट ज्ञान गुरुङ, वियफ वियस गोर्खा रेडियोका प्रस्तोता रुपा राना, लगायत चार दर्जन भन्दा धेरै विभिन्न संघ संस्थाहरुका प्रतिनिधीहरु साथै सर्वसाधरणको बाक्लो उपस्थिती रहेकोे थियो।

कार्यक्रमको पहिलो सत्र नेपाली राष्ट्रिय धुन र बेलायती राष्ट्रिय धुनबाट सुरुवात गरिएको कार्यक्रमलाई औपचारिक रुपमा नेपाली युवा समूह युकेका महिला संयोजक सरला थापा र सगरमाथा तेक्वान्दो डोजाङका डिल्लीराम राईले कार्यक्रम संचालन गरेका थिए । उक्त सत्रमा नेपाली युवा समूह युकेका प्रवक्ता धिरज राईले स्वागत मन्तव्य व्यक्त गरेका थिए । धावक राईलाई जातिय संस्था,क्षेत्रिय संगठन, र विभिन्न संघसंस्थाका प्रतिनिधीहरुले यति धेरै सफलता अर्जित गरिरहेकी मिरालाई आफ्नो लक्ष्यमा दृढतापूर्वक अविलचित भएर विश्वमा नेपाल भनेर चिनाउदै चन्द्र र सूर्य अंकित झन्डा फर्रफराई रहन शुभकामना दिएका थिए।

नेपाली आधुनिक वीर सपुत जो सिंङगो मुलुकलाई विश्वसामु चन्द्र र सूर्य अंकित ध्वजा फर्रफराई रहेकी बिलक्षण धावक मिरालाई नेपाली युवा समूह युकेको तर्फबाट सामाजिक संनजाल मार्फत बरिष्ठ सल्लाहकार रविप्रकाश राईले शुभकामना दिएका थिए भने अर्का बरिष्ठ सल्लाहकार पे्रम घाह मगर र सवनम राईले फुलको गुच्छा र ताम्र–पत्र सहित सम्मान साथै शुभकामना व्यक्त गरेका थिए । वल्र्ड च्याम्पियन बन्ने लक्ष्य लिएर हिडेकी मिराले यो बर्षको अल्ट्रा सिरिजको नयाँ सिजन २०१६, बेलायती भूमिबाट सुरुवात गरेकी छन् । बेलायतमा गत ३० अप्रिलमा सम्पन्न ३७ किलोमिटरको ‘थ्रि पिक्स’ दौडमा हजारौ प्रतिस्पर्धीलाई उछिन्दै दोस्रो स्थान हात पार्न सफल भएकी छिन् । ७ मे,मा ७५ किमिको ट्रान्स भुल्कानिया स्पेन, त्यसैगरी ४ जुनमा ५५ किमिको अल्ट्रा स्काइम्याराथन पोर्चुगल र २४ सेप्टेम्बरमा १ सय १० किमिको अल्ट्रा पिरिनेउ स्पेनमा अन्तिम प्रतिस्पर्धा गर्ने उनले बताईन्।

कार्यक्रमको मुख्य भूमिका र प्रचार प्रसार समितीमा विशेष सहयोग पुर्याउनु हुने फिलोसोफी अफ डक्टर अध्ययनरत महाप्रसाद राई, समाजसेवी नगेन्द्र राई ‘नाग्स्’, र भिम राई रहेका थिए । कार्यक्रमको मध्यतिर पत्रकार विधता राईले धावक मिराको बारेमा मिठो परिभाषामा समिक्षात्मक जीवन कहानी सुनाएकी थिईन्। मिराले आफ्नो सफलताको बारेमा प्रकाश पार्दै भनेकी थिईन संसारभरी छरिएर रहेका हरेक नेपाली मनहरुबाट माया, प्रोत्साहन , हौसला र प्रेणा पाईरहेकोमा धन्यवाद प्रकट गर्दै खुशी व्यक्त गरेकी थिईन्।

व्यबस्थापन समितिमा नेपाली युवा समूह युकेका तर्फबाट कार्यक्रम संयोजक कुमार थापा, संघका सल्लाहकार योगेन्द्र राई, झविन राई,विनोद गुरुङ, केशव गुरुङ, हाङदिप राई,विपिन नेम्वाङ,मिन लामा, भास्कर रार्ई, नर्भु लामा (मिलन),गजेन गुरुङ,अर्जुन राई,एण्डी राई, नवराज घले, विसी राई र प्रितम गुरुङले संयवसेवक स्वरुप सम्मान कार्यक्रमलाई सहयोग गरेका थिए।

सम्मान कार्यक्रममा सम्पर्ण सांस्कृतिक तथा मनोरन्जनात्मक कार्यक्रम नेपाली युवा समूह युकेको तर्फबाट अस्मिता आले,निशा पुन र सानु रानाले नेपाली फिल्मी प्रेम पिण्डबाट ‘गैरी खेतको’ शिर्षक गीतमा नृत्य प्रस्तुत गरेका थिए । त्यसैगरी एकल नृत्य प्रस्तुतीका लागि निस्ता पुनले नेपाली फिल्म ‘नाई नभन्नु ल ३’ को चर्चित गीत ‘कम्मर माथि पटुकी’ मा नृत्य प्रस्तुत गरिरहदा कार्यक्रममा उपस्थित दर्शकहरुले भरपूर मनोरन्जन लिईरहेका थिए । गायक किरण गुरुङ कान्छाले ‘फैलियो माया दुवोसरी’ र ‘दर्शन नमस्ते’ प्रस्तुत गरेका थिए । गायक गुमानसिंह माखिम र मनि (छेनु)राईले दर्शकहरुलाई स्टेजको आँगनी नचाउन सफल कार्यक्रमलाई नेपाली युवा समूह युकेका महिला संयोजक सरला थापाले संचालन गरेकी थिईन्।

सगरमाथा तेक्वान्दो डोजाङले आधुनिक परिबेशको प्राविधिक तेक्वान्दो कौशल प्रदर्शन समेत गरेका थिए । कार्यक्रममा अजम्बरी डटकमका प्रधान संम्पादक भूभिराज राईले सामाजिक संन्जाल मार्फत प्रत्यक्ष प्रसारण गरिरहेका थिए भने बेलायतका चर्चित फोटो पत्रकार पवन राई ‘रसुट’ले मन्चमा भएका सम्पूर्ण गतिविधिका तस्विरहरु साथै क्याम्यारामेन रमेश राई र पुष्कल थापा मगरले कार्यक्रमको भिडियो कैद गरेका थिए ।

मिराको निरन्तरतालाई दिगो राख्नकोलागि विशेष सम्मान कार्यक्रम साथै आर्थिक सहयोग गर्ने भावनाले उक्त कार्यक्रमको आयोजना गरिएको जानकारी नेपाली युवा समूह युकेको कार्यक्रम संयोजक कुमार थापाले बताए । दयनीय अवश्थाबाट संघर्ष गर्दै नेपाली र नेपाल राष्ट्रकालागि उल्लेखनिय भुमिका निर्भाह निभाउदै राष्ट्र र राष्ट्रिय पहिचान विश्वसामु अंकित गरिरहेकी मिरालाई आगमी अल्ट्रा सिरीजहरुको प्रतिस्पर्धामा आई पर्ने आर्थिक विपतीलाई केहिहद सम्म निवारण गर्न सकियोस भन्ने हेतुले विभिन्न संघ संस्थाहरु,दोस्रो गोर्खा बटालियनका सैनिकहरु लगायत लेडिज कम्युनिटीबाट करिब नेपाली रुपयाँ २५ लाख संकलन भएको संघका कोषध्यक्ष डिल्लीराम राईले जानकारी गराए । राईले आर्थिक प्रतिबेदन आगमी दुई हप्ताभित्र पारदर्शी गर्ने प्रतिवद्धता जाहेर गरेका छन्।

कार्यक्रमका प्रमुख संयोजक तथा एनआरएन बेलायतका उपाध्यक्ष मास्टर राष्ट्र राई र नेपाली युवा समूह युकेका अध्यक्ष रिचर्ड गरुङले सम्पर्ण नेपाली युवा समुह युकेको तर्फबाट कार्यक्रममा उपस्थित भई सम्मान कार्यक्रम सफल बनाई दिनु भएकोमा उपस्थित सम्पर्ण संघ संस्था,व्यापार व्यावसायिक,पत्रकार मित्रहरु, साथै बेलायतबासी नेपालीहरुलाई धन्यवाद व्यक्त गरेका छन् । सम्मान कार्यक्रमका अन्त्यमा प्रमुख संयोजक मास्टर राष्ट्र राईले औपचारीकरुपमा कार्यक्रमलाई समापन गर्नु भएको थियो।





Comments

comments

Leave a Reply

12294