भूकम्पपीडितको लागि आएको चामल बेचेर करोडौको कमाई

सरकारले भूकम्पपीडितका लागि देश विदेशबाट आएका लाखौ किलो चामल संकलन गर्‍यो। जसमध्ये बंगलादेशले मात्तै ७८ लाख २९५ किलो चामल पीडितका लागि नेपाल पठायो।

पीडितहरू चामल पाउने बशामा सरकारको बाटो हेरे। तर, सरकारले भोक भोकै बसेका पीडितलाई चामल बाँडेन, बरू झापास्थित नेपाल खाद्य संस्थानको डिपोमा थन्क्याएर राख्यो। एक वर्षपछि जब कुहिन थाल्यो तब सरकारले गोदाममा थन्काएको चामल बाहिर त निकालेको छ। तर, भूकम्पपीडितलाई वितरण गर्न होइन, काठमाडौंमा प्रतिकेजी ४१ रूपैयाँमा बेचेर रकम उठाउन।

१०७ बोरा चामल त गोदाममै कुहियो। बंगलादेशले पठाएको चामलमध्ये ४८ लाख २९५ किलो बिक्री गरेर झन्डै २० करोड रकम उठाउन सरकारको लक्ष्य छ। नयाँ पत्रिका दैनिकमा खबर छ।

काठमाडौंका अतिरिक्त गोरखामध्य र सुदूरपश्चिमका पहाडी जिल्लामा चामल बिक्री गर्ने सरकारको योजना छ। भूकम्पपीडितका लागि चीन सरकारले अनुदानमा दिएको एक लाख किलो चामल पनि प्रतिकेजी ४० रूपैयाँमा बजारमा बिक्री गर्ने सरकारको योजना छ।





Comments

comments

Leave a Reply

12458