पूर्वाञ्चलका सुन्दरीहरु भेडेटार क्यालेन्डरमा

सौरभ श्रेष्ठ / एचकेनेपाल डट कम –
पूर्वको चर्चित पर्यटकीय स्थल भेडेटारको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले भेडेटारका पर्यटकीयस्थलहरु समेटेर नेपाल आईस क्यालेन्डर निर्माण गरिएको छ। शनिबार भेडेटारमा आयोजित लोकार्पण कार्यक्रममा उक्त क्यालेन्डर सार्वजनिक गरिएको हो।

मिस पूर्वाञ्चलका विजेताहरु प्रियंका श्रेष्ठ, नेमिता आङ्बुहाङ, नेहा बजाज, सेकेन्डरनरअप प्रमिसा बज्राचार्य, फस्टरनरअप अनु राईले मोडलिङ गरेको क्यालेन्डरको फोटोहरुको पृष्ठभूमिमा भेडेटारका चर्चित पर्यटकीयस्थलहरु नमस्ते झरना, शंखेश्वर मन्दिर, पाथिभरा मन्दिर, आत्माघर, नाम्जे होमस्टेलाई समेटिएको छ।

क्यालेन्डरका लागि गत चैतमा भेडेटारका पर्यटकीयस्थलहरुमा फोटोसुट गरिएको थियो । ड्रेस डिजाईनर ईशु मगरले मोडलहरुका लागि पोशाकहरु तयार पारेकी थिईन् भने निसुङ्मा व्युटि सोलुसन धरानले मेकअप तथा फोटोग्राफर नरेन कुलुङले फोटो सुट गरेका थिए। सिल्भर इन्टरटेन्मेन्टले होटल एसोसिएसन भेडेटारको सहकार्य तथा नेपाल आईस वियरको प्रायोजनमा क्यालेन्डर तयार पारेको हो।

कार्यक्रममा भेडेटार गाविसका सचिव नारायणप्रसाद खनाल, नेपाल पत्रकार महासंघ धनकुटाका उपाध्यक्ष नगेन्द्र राई, होटल एसोसिएसन भेडेटारका अध्यक्ष लीलाराज लावती, सिल्भर इन्टरटेन्मेन्टका अध्यक्ष दिपक बनेपाली, गायकद्वय एपी शेर्पा र नवराम राई, मिस पूर्वाञ्चल तथा भेडेटारकी पर्यटन सद्भावनादुत प्रियंका श्रेष्ठ र सेकेन्ड रनरअप प्रमिसा बज्राचार्यले क्यालेन्डर सार्वजनिक गरे।

क्यालेन्डर प्रकाशनले नया अनुभवसंगैे भेडेटारका पर्यटकीयस्थलको प्रचार प्रसार गर्न ठूलो मद्दत पुग्ने मिस पूर्वाञ्चल श्रेष्ठले बताईन् । भेडेटारको पर्यटन प्रवद्र्धनका लागि हरेक नयाँ नयाँ कार्यक्रम गर्ने क्रममा यसपटक मिस पूर्वाञ्चलका मोडलहरु सहभागी गराएर फोटोसुट गरी क्यालेन्डर प्रकाशन गरिएको होटल एसोसिएसन भेडेटारका अध्यक्ष लावतीले बताए । उनले भने ‘यसले यहाँको पर्यटन विकासमा मद्दत पुग्न भन्ने विश्वास छ।’

सोही अवसरमा होटल एसोसिएसन भेडेटारले शनिबार आयोजना गरेको रक्तदान कार्यक्रममा ३६ पिन्ट रगत संकलन भएको छ । एसोसिएसनले तीन वर्षदेखि हरेक वर्ष आयोजना गर्दै आएको रक्तदानबाट संकलन भएको रगत बिपी प्रतिष्ठानस्थित नेपाल रेडक्रसको ब्लडबैंकमा पठाईएको एसोसिएसनका सचिव जीतेन्द्र रुम्दालीले बताए।

तस्वीरः भेडेटारको पर्यटकीय क्यालेन्डर लोकार्पण कार्यक्रम । थप फोटोहरु हेर्न यहाँ क्लिक गर्नुहोस्





Comments

comments

Leave a Reply

12467