मलाई इन्डियन भैया भन्न भन्न कहाँ पाइन्छ ?

दौरासुरुवाल र टोपी लाको छैन भन्दैमा
धोती कुर्ता र गम्छा लाएको छ भन्दैमा
मलाई इन्डियन भैया भन्न भन्न कहाँ पाइन्छ ?
म त नेपालको माया गर्ने मान्छे
मलाई नेपाली माया चाहिन्छ ।

संघीय गठबन्धनको सिंहदरबार घेराउको दोस्रो दिन सोमबार माइतीघर मण्डला र हनुमानथान संगीतमय बने । अपराह्न तीन बजेसम्म दन्तचिकित्सक आभास लाभ माथिको ‘पहिचान-प्यारोडी’ २१ औं पटक गाउँदैथिए । गीत सकिन पाएको छैन, फेरि ‘वान्स मोर’ बर्सिइहाल्छ । लाभसंग टास्सिएर फोटो र सेल्फी खिचाउने उत्तिकै ।

‘देश र मधेस दुवैलाई मुटुा राखेर यो गीत लेखेको हुँ, सत्तामा बसेका पार्टीले हामीलाई बुझ्नै खोजेनन्,’ गीत सकिएपछि जनकपुरका लाभले कहे, ‘आखिर हामीले खोजेको पहिचान, सम्मान र बराबरीको अधिकार न हो ।’ कान्तिपुर दैनिकमा खबर छ।

आस्था राउतको ‘चौबन्दी र पटुकी बाध्या छैन भन्दैमा’ गीतमा उनले बनाएको ‘पहिचान – प्यारोडी’ अहिले अधिकांश प्रदर्शनकारीको मोबाइलमा घन्किन्छ । त्यसपछि उनी भोजपुरी, मैथिलीमा पनि गीत सुनाउँछन् । तीमध्ये कतिपय प्रधानमन्त्री केपी ओली र ठूला दलमाथि लक्षित छन्।

हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

Leave a Reply

12495