चीनले बोलाएपछि हिमानी एक साताको लागि चीनमा

समाजसेवाको क्षेत्रमा क्रियाशिल हिमानी ट्रष्टकी अध्यक्ष एवम् पूर्व ५ श्री युवराज्ञी हिमानी गत आइतबार चीनको भ्रमणमा जानुभएको छ ।

चिनियाँ सरकारी निकायको निमन्त्रणमा बेइजिङतर्फ प्रस्थान गर्नुभएकी उहाँले चीनमा सात दिन बिताउने खबर आजको घटना र विचार साप्ताहिकमा छापेको छ।

हिमानीका साथमा स्वकीय सचिव स्मिता सिंह र चर्चित उद्यमी प्रभाकर शमशेर राणालगायत सामेल हुनुभएको छ ।

केही अघि चाइना–नेपाल व्यापार संगठनले पनि हिमानीलाई चीन भ्रमणको लागि निमन्त्रणा दिँदा उहाँले त्यसलाई स्वीकार गर्नुभएको थिएन ।





Comments

comments

Leave a Reply

12658