हङकङमा १७ वर्षीय नेपाली किशोरमाथि छुरी प्रहार


एचकेनेपाल डट कम संवाददाता –
हङकङ, २५ मे । हङकङमा नेपालीमाथि निरन्तर आक्रमण भएको छ। एक नेपाली पुरुषलाई आक्रमण गरेको दुई दिन नबित्दै फेरि एक किशोरमाथि छुरी आक्रमण भएको छ।

गएराति ३ बजे १७ वर्षीय एक नेपाली किशोरलाई अज्ञात समूहले छुरी प्रहार गरी घाइते बनाएको छ।

जोर्डनस्थित संघाई स्ट्रिटमा नाम नखुलाएका ती नेपाली किशोरमाथि आक्रमण गर्दा उनको देब्रे हातमा चोट लागेको छ। छुरी प्रहारबाट घाइते भएका किशोरको परिचय प्रहरीले खुलाएइएको छैन।

दक्षिण एशियालीमूलका ३ युवकहरु उनीमाथि आक्रमण गरेर फरार भएको समाचारमा जनाइएको छ।

घाइते किशोरलाई उपचारको लागि क्वीन एलिजाबेथ अस्पतालमा लगिएको छ भने घटनामा संलग्न अभियुक्तहरुको खोजि भइरहेको प्रहरीले जनाएको छ।

A Hong Kong identity card holders 17-year-old Nepalese youth.

Link….
http://hk.on.cc/hk/bkn/cnt/news/20160525/mobile/bkn-20160525073848447-0525_00822_001.html

Posted by Crime News HK on Tuesday, 24 May 2016

हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

Leave a Reply

12666