केटी साथीको विवादमा हत्या

३ साताअघि महेन्द्रनगरस्थित संगम होटलका २ कामदारको हत्या सहकर्मीसँगको विवादले भएको खुलेको छ।

बुधबार घटनाका मुख्य आरोपी सार्वजनिक भएपछि प्रहरीले घटनाको कारण खुलाएको हो । प्रहरीले १८ वर्षीय तारासिंह बोहरालाई बुधबार पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको छ। बोहोराले हसिँया प्रयोग गरी हत्या गरेको वयान दिएका छन् ।

होटलमा कार्यरत मजदुर कृष्ण विष्ट र भीमबहादुर रोकायाको वैशाख २३ गते हत्या भएको थियो । बोहराले केटी साथीको नम्बर रोकायालाई दिएपछि उनीहरुबीच फोनमा कुरा हुने गर्दथ्यो । बोहराले केटी साथीको मेमोरी कार्ड र तस्बिर लुकाएपछि मनमुटाव भएको खबर कान्तिपुर दैनिकमा छ।





Comments

comments

Leave a Reply

12685