स्वास्थ्य सम्बन्धी जानकारी लिदै मिस पूर्वाञ्चलका प्रतियोगीहरु

सौरभ श्रेष्ठ / एचकेनेपाल डट कम –
धरान। मिस पूर्वाञ्चलमा सहभागी प्रतियोगीहरुले शुक्रबार धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अवलोकन गरेका छ ।

सहभागीहरुले एसियाकै उत्कृष्ट अस्पतालको रुपमा रहेका प्रतिष्ठानको सेवा सुविधा तथा अध्ययन अध्यापनसगै प्रतिष्ठानले गर्ने अनुसन्धानको बारेमा समेत जानकारी लिएका थिए ।

सहभागीहरुलाई प्रतिष्ठानका उपकुलपति प्राध्यपक डाक्टर बलभद्र प्रसाद दासले प्रतिष्ठानको बारेमा जानकारी दिएका थिए । सहभागीहरुको जिज्ञासा मेट्दै प्रतिष्ठानका उपकुलपति दासले नेपालमा हुने मेडिकल सम्बन्धी खोज अनुसन्धान ३८ प्रतिशत प्रतिष्ठानले गर्ने गरेको जानकारी गराए ।

प्रतिष्ठानमा बिरामीको चाप अत्याधिक रहेको वताउदै दासले विरामीको चाप बढेपनि आफूहरुले दिने सेवा सुविधामा कुनै कमी हुन नदिएको बताएका थिए । प्रतियोगिहरुलाई जानकारी गराउदै उपकुलपति दासले प्रतिष्ठानले सुपरस्पेस्यालिटी सेवा सुचारु गरेको वताएका थिए । उनले प्रतिष्ठानले विरामीको चापलाई मध्यनजर गर्दै काडियो सेन्टर , क्यान्सर सेन्टर तथा मातृ शिशु स्वास्थ्य स्यहार केन्द्र निमार्ण सुरु गरिएको वताउदै द्वन्दपीडित घाईतहरुका लागि नेपालमै पहिलो पटक पुनरस्थापना केन्द्र सञ्चालनमा ल्याएको जानकारी दिए ।

केन्द्रमा द्धन्द्धका घाइतेहरुको निशुल्क उपचार पाउने तथा अन्यले समेत सस्तोमा सेवा पाउने वताउदै उपकुलपति दासले केन्द्रमा नक्कली हात खुट्टा समेत बनाइने वताए । प्रतिष्ठानको जानकारी पश्चात प्रतिष्ठानकै स्त्री तथा प्रसुती रोग विभागमा पुगेका सहभागीहरुलाई विभागका एसोसिएट प्रोफेसर मोहनचन्द्र रेग्मी स्त्रीहरुमा लाग्ने रोगसगै फिस्टुला रोगको बारेमा समेत जानकारी गराएको थिए ।

यसै विच आइतबार नै सहभागीहरुले यामाहाको धरान स्थित आधिकारीक बिक्रेता गजुरमुखी टे्रड एण्ड सप्लायर्सको समेत भ्रमण गरेका थिए । सो अवसरमा सप्लायर्सका कार्यकारी प्रमुख गोपाल आचार्यले विजेताले पाउने यामाहा फेसिनो स्कुटीसगै यामाहाका अन्य स्कुटी तथा मोटर साइलकको बारैमा प्रतियोगिहरुलाई जानकारी दिएका थिए ।

प्रतियोगिहरुले सोहीदिन धरानस्थित बुद्ध चौकमा रहेको मंगोलियन कफि आवोरमा पाइने नेपालकै सबै भन्दा धेरै कफिहरुको बारेमा जानकारी लिएका थिए । कफि आवोरका सञ्चालक पुर्ण राईले सहभागीहरुलाई विभिन्न कफीको ब्राण्डको बारेमा जानकारी गराएका थिए ।


मिस पूर्वाञ्चल २०१६ को अडिसन

सौरभ श्रेष्ठ / एचकेनेपाल डट कम –
धरान र बर्षेनी धरानमा आयोजना हुँदै आएको मिस पूर्वाञ्चलको सातौ संस्करणको अडिशन शुरु भएको छ ।

पूर्वाञ्चल क्षेत्रभरि का युवतीहरुको प्रतिभा प्रदशन गर्ने थलो को रुपमा आयोजना हुँदै आएको मिस पूर्वाञ्चलको पहिलो अडिशन धरानको रत्न इन् होटेलमा सम्पन्न भएको छ भने काठमाण्डौमा समेत अडिशन गरिएको छ ।

धरान अडिशनमा धरान , झापा ,गाइघाट , सुनसरी , मोरंगबाट १८ जना युवतीहरु सहभागी थिए भने काठमाण्डौमा ५ जना युवतीहरु सहभागी थिए ।

कम्तिमा प्लस टु अध्ययनरत तथा १७ देखि २५ बर्ष सम्मका पूर्वाञ्चल क्षेत्रका युवतीहरुले मिस पूर्वाञ्चलमा भाग लिन पाउनेछन्।

पूर्वाञ्चलका सबै क्षेत्रबाट प्रतिनिधित्व होस् भन्ने अभिप्रायले आउँदो जेठ १५ गते दोश्रो अडिशन धरानमा राखिएको छ । त्यस्तै मिस पूर्वाञ्चलबारे जानकारी दिने उदेश्यले धरानको बिरेन्द्र मेमोरिअल कलेज , धरान सिटी कलेज ,धरान मोडल कलेजमा समेत कलेज एक्टिभेशन कार्यकर्म गरिएको क्रियटिभ डाइरेक्टर राजेन्द्र रिमालले बताए ।

सिल्भर इन्टरटेन्मेंट र हाइट इभेन्टको आयोजना तथा सीजी ब्रुअरीको नेपाल आइस नेचुरा मुख्य प्रायोजनमा नेपाल आइस नेचुरा मिस पूर्वाञ्चल २०१६ आउँदो असार ११ गते धरानस्थित धरान सभागृहमा आयोजना हुनेछ ।

अडिशनबाट छानिएका युवतीहरुलाइ सम्बन्धित क्षेत्रका विभिन्न प्रशिक्षकहरुले एक महिना व्यक्तित्व बिकाश , वाचन कला , सौन्दर्य , स्वास्थ्य , पर्यटन लगायतका विभिन्न बिषयमा प्रशिक्षण गराउनेछ भने कोरियोग्राफर प्रियारानी लामाले कोरियोग्राफी प्रशिक्षण गराउनेछिन् ।

मिस पूर्वाञ्चलको फाइनल शोको निर्णायकहरुको निर्णय अनुसार मिस पूर्वाञ्चल २०१६ बिजेता , फर्स्ट रनर उप , सेकेन्ड रनर उप लगायत अन्य ६ वटा टाइटल बिजेताहरु समेत घोषणा गरिनेछ ।

बिजेताले यामाहा फेसिनो स्कुटीसहित यूरो एसिया ट्रीप , बैंककको तर्फबाट बैंकक घुम्ने अवसर प्रदान गरिनेछ भने फर्स्ट रनर उपले ५१ हजार , सेकेन्ड रनर उपले ३१ हजार र अन्य टाइटल बिजेताहरुले १० हजार पुरस्कार पाउनेछन् । त्यस्तै बिजेता , फर्स्ट रनर उप र सेकेन्ड रनर उपलाइ अमना टुर्स , धरानकोतर्फबाट सिक्किम भ्रमणको ब्यवस्था गरिएको छ ।

मिस पूर्वाञ्चल २०१५ की ‘फस्ट रनर अप’ को थाइल्यान्ड भ्रमण
मिस पूर्वाञ्चल २०१५ की ‘फस्ट रनर अप’ अनु राईलाई युरोसिया ट्रीप थाइल्यनडले १ हप्ताको थाइल्यान्ड भ्रमण गराएको छ ।

युरोसिया ट्रीपले इन्टरनेसनल ट्रावल पाटनर भएर मिस पूर्वाञ्चललाई प्रायोजन गरेको हो । युरोसिया ट्रीपले बिगत ८ वर्षदेखि थाइल्यन्डमा ट्रावल र टुरिजममा काम गरिरहेको र बर्षनी लाखौ ग्राहकहरुलाई सेवा दिईराखेको छ । युरोसिया ट्रीपले अनु राईलाई आफ्नो कम्पनीमा स्वागत गरेको थियो । आगामी दिनमा पनि मिस पूर्वाञ्चललाई इन्टरनेसनल ट्रावल पाटनरको रुपमा काम गर्ने व्यवस्था गर्ने युरोसिया ट्रीपका कार्यालय प्रमुख सुमन अधिकारीले बताएका छन्।





Comments

comments

Leave a Reply

12695