अमेरिका जम्दै नेपाली म्युजिक भिडियो डाइरेक्टर प्रशन्न पौडेल

विजय थापा / एचकेनेपाल डट कम –
वाशिंगटन डिसी । नेपाली संगीत उद्योगमै सवै भन्दा धेरै म्युजिक भिडियोहरुको सफल निर्देशन गरेका निर्देशक प्रशन्न पौडेल म्युजिक भिडियो कै निर्देशन गर्ने क्रममा विगत १ वर्ष यता अमेरिकामा वस्दै आइरहेका छन ।

ब्यस्त जीवन शैलीका विचमा प्रशन्नको पनि जीवनशैली निकै ब्यस्त भएको छ अमेरीकामा संगीत भिडीयो निर्माणमा । भनिन्छ सक्कली सुनलाई कसी लाउनु पर्दैन। त्यस्तै अमेरिकी भिडभाडको दौढ धुपमा प्रशन्न , प्रशन्न मुद्रामै भिडियो निर्माणमा ब्यस्त छन् ।

लाइमलाइट नेपालको ब्यानरमा नेपालमा भिडियो उत्पादन गर्दे आएका प्रसन्नले सोही ब्यानरलाई अमेरिकामा स्थापित गर्ने उद्देश्यले लाइमलाइट अमेरिकाको ब्यानरमा भिडियो गरिरहेका छन् ।

लाइमलाइट युएसए एलएलसी अमेरिकाको कार्यालयमा अचेल नेपाली कलाकारको जमघट हुने गरेको छ । १२ वटा भिडियो अमेरिकामै वनाइसकेका प्रसन्नको निक्की कार्कीको जेट उडाउछु घुइघुइ वोलको गीत युटुवमा अत्यधिक लोकप्रिय भएको छ । झन्डै १० लाखभन्दा धेरै दर्शकले हेरेका छन्।

त्यस्तै प्रसन्नले स्काइपवाटै निर्देशन गरेको समीर आचार्य र निक्की कार्कीको दुनिया वेग्लै छ गीतले नेपाल तथा विदेशमा तहल्का पिटेको छ । करीव ५ लाख वढी दर्शकले हेरेका छन् । यस्तै गरि रामकृष्ण ढकाल ,सत्यराज आचार्य ,स्वरुपराज आचार्य ,यम वराल ,जगदीश समाल ,सोना अमात्य, सुदन गैरेका साथै अनेकौ नयाँ गायक गायिकाहरुलाई प्रशन्नले अमेरिकावाटै नेपाली संगीत उद्योगमा उतारेका छन् ।

नेपाली गायक कलाकारहरु अमेरीका पलायन भैरहेको र ब्यस्त जीवन शैलीमा कलाकारीतालाई उचीत समय दिन नपाइरहेको अवस्थामा प्रशन्नको अमेरीका बसाईले सवैलाइ सहज र उचीत वातावरण बनाई दिएको छ । नेपाली समाज तथा नेपालीभाषी भुटनीज समाजमा प्रसन्नले निकै कलाकारीता जन्माएका छन । नेपाली कलाकारको प्रशन्न संगको यो दौड सवैको लागी फलदायक होस l

हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

Leave a Reply

12708