प्रधानन्यायाधीशले अमेरिकामा भनिन्- ‘मन्त्री आउने कार्यक्रममा मलाई नबोलाउ’

विजय थापा / एचकेनेपाल डट कम –
वाशिंगटन डिसी । उत्तर अमेरिकाको सबैभन्दा जेष्ठ नेपालीहरुको सामाजिक संस्था अमेरिका नेपाल सोसाइटीले आयोजना गरेको हेरिटेज नेपाल फेस्टिवल नामक कार्यक्रमलाई नेपालका प्रधानन्यायाधीश सुशिला कार्कीले पानसमा बत्ती बालि कार्यक्रमको उद्धघाटन गर्नुभएको छ।

प्रधानन्यायाधीश अमेरिका केहि दिन अगाडी अन्य न्यायाधीशहरुसंग कार्यक्रममा सहभागी हुन् आउनु भएको अवसरमा नेपाली दूताबास मार्फत परम्परा नेपाल उत्सवको उद्घाटनमा सहभागी भै नेपालका संस्कृति तथा परम्परा झल्काउने सांस्कृतिक कार्यक्रम अबलोकन गर्नु भएको थियो।

प्रधानन्यायाधीश कार्कीले छोटो मन्तब्य राख्दै नेपाली दूताबासले सिफारिस गरेको र यो कार्यक्रम नेपालको परम्परा सम्बन्धी रहेकोले आफू आएको बताउनु भयो ।

उहाले आफू बिशेष कार्यक्रममा सहभागी हुन् अमेरिका अन्य न्यायाधीशहरुसंग आएको भन्दै अन्य पन्यायाधीशहरुको परिचय गराउनु भएको थियो । आफू यस्ता कार्यक्रममा नजाने र यस्ता ठाउँमा मन्त्रीहरु जानु हुन्छ भन्दा दर्शकले थपडी बजाएर स्वागत खुसि व्यक्त गरेका थिए । आफुलाई खुसि लागेको व्यक्त गदै आयोजकलाई धन्यवाद दिनु भयो।

कार्यक्रममा आफु उपस्थित नभएता पनि भर्जिनियाका गभर्नर टेरी मकअफ ,सिनेटर मार्क वार्नरले शुभकामना संदेश दिएका थिए भने जेनिफर बोयेस्को जिल्ला ८६ को प्रतिनिधि सभा सदस्य ,इलिन फिलर कर्न तथा हर्न डन कि शहरकि परिषद महिला ग्रेस हेन वल्फ़ले बोलेका थिए । नेपाली दूताबासका पूर्वनियोग उपप्रमुख ऋषिराम घिमिरेलाई अमेरिका नेपाल सोसाइटीले मायाको चिनो प्रदान गरेको थियो । संस्थाका अध्यक्ष जीवन तिवारीले शुभकामना दिएका थिए ।

उत्सवका लागि क्यालिफोर्निया तथा टेक्सास बाट आएका उदयमान युवा कलाकारहरू आयुष रिमाल र निक्कि कार्कीको प्रस्तुति बेजोड रहनुको साथै स्थानीय कलाकार तथा बालबालिकाले प्रतिभा प्रस्तुत गरेका थिए । यस्तै गरि स्थानीय संगीत टोलि फ्युजन व्यान्डको प्रस्तुती बेजोडको रहेको थियो ।

अमेरिकाले हरेक वर्षको मे महिनालाई एसियन,प्यासिफिक अमेरिकन हेरिटेज महिनाको रुपमा मनाउने गरेकोले उक्त अवसरमा यो उत्सव मनाईएको हो।

अन्य कार्यक्रमहरुमा ज्यादा जसो दोश्रो पुस्ताका युवाहरूको सहभागीता नदेखिएकोले यस पटक उनीहरू कै व्यापक सहभागीतामा हेरिटेज नेपाल उत्सव मनाई स्थानीय प्रतिभाशाली युवाहरूलाई प्रोत्साहन गर्ने थालनी भएकोमा युवाहरु अत्यन्त उत्साहि भएका छन ।

भर्जिनियाको हर्नडन हाईस्कुलमा सम्पन्न कार्यक्रममा कार्यकारी समिति ,स्वयं सेवक तथा कायर्क्रम संयोजक सुनिल मणि दाहालको अथक प्रयास तथा मेहनतको कारण कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ ।





Comments

comments

Leave a Reply

12761