अर्को श्रीमति बिहे गरेपछि भ्यासेक्टोमी उल्टाए

काभ्रेका ३८ वर्षीय रमेश सापकोटा(नाम परिवर्तन) ले दुई सन्तान भएपछि तीन वर्ष अघि भ्यासेक्टोमी गरेका थिए ।

दाम्पत्य सुमधुर नरहेपछि सम्बन्धविच्छेद गरी उनले अर्को विवाह गरे । उक्त श्रीमतीले सन्तान जन्माउने इच्छा व्यक्त गरेपछि उनले भ्यासेक्टोमी उल्ट्याउने सेवा लिएका छन् ।

रसुवाका रामवीर पनि भ्यासेक्टोमी उल्ट्याउनेमा पर्छन् । विनाशकारी भूकम्पमा श्रीमती र छोरा गुमाउनुपरेपछि छोरीलाई आमाको अभाव महसुस हुन नदिन र आफ्नो सहाराका लािग दोस्रो विवाह गर्दा उनले भ्यासेक्टोमी

उल्ट्याउनु परेको हो । उनले ६ वर्ष अघि भ्यासेक्टोमी गरेका थिए ।

काठमाडाैँ उपत्यकामा परिवार नियोजनको स्थायी बन्ध्याकरण भ्यासेक्टोमी उल्ट्याउनेको संख्या बढ्न थालेको खबर काराेबार दैनिकमा छ ।





Comments

comments

Leave a Reply

12779