नेपाल मगर संघ, शाखा कतारको विभिन्न एरिया समितिको भेला सम्पन्न

बिजय कुमार मगर , दोहा कतार –
वक्रा एरिया समिती को एरिया भेला
मिति २६ मे २०१६ मा नेपाल मगर संघ, शाखा कतार वक्रा एरिया समिती को भेला वक्रा एरिया समितिका अध्यक्ष अमृत थापा मगर को अध्यक्षता र नेपाल मगर संघ, शाखा कतारका अध्यक्ष महेन्द्र थापा मगरको प्रमुख आतिथ्यमा संघको केन्द्रिय समितिका महासचिव बिजय मगर र केन्द्रिय सदस्य अभिमत पुन मगरको उपस्थितीमा वक्राको फेमिली पार्क मा वक्रा एरिया समितिका पदाधिकारी र अन्य मगरहरुको वाक्लो उपस्थितिमा सम्पन्न भएको छ ।

उक्त भेलामा वक्रा एरिया समितिका सचीव दिपक मगरले अहिले सम्मका कार्यविवरण वक्रा एरिया समितिले भए गरेका सांगठनिक प्रतिवेदन र कोषाध्यक्ष श्याम पुलामी मगरले आर्थिक प्रतिबेदन प्रस्तुत गर्नु भएको थियो र उक्त प्रतिवेदनलाई सर्वसहमतले पारित गरेको थियो । उक्त भेला वाट समितिमा रिक्त रहेको सदस्य पदमा क्रमश दिल मर्साङी मगर, सञ्जय पिठाकोठे मगर र विनोद सेर्पुजा मगरलाई पदपूर्ति गरेका थिए ।
उक्त वक्रा एरिया समितीको कार्यक्रममा बोल्नु हुँदै केन्द्रिय अध्यक्ष महेन्द्र थापा मगरले पदपूर्ति भएका नयाँ सदस्यहरु लाई नेपाल मगर संघ, शाखा कतारमा स्वागत गर्दै सफल कार्यकाल को शुभकामना ब्यक्त गर्नुका सथै संस्थाको बरेमा जानकारी र सदस्यहरुको संस्था प्रतिको जिम्मेवारीका बारेमा बताउन भयो । अन्त्य मा नेपाल मगर संघ, शाखा कतार वक्रा एरिया समिती अध्यक्षले उपस्तिथ सम्पुर्णलाई धन्यवाद दिदै एरिया भेला लाई समापन गर्नुभयो ।

सनैया “ बि “ एरिया समिती को एरिया भेला

मिति २७ मे २०१६ शुक्रबार नेपाल मगर संघ, शाखा कतार सनैया “बि” एरिया समितिको पाँचौ भेला सनैया “ बि “ एरिया समितिका अध्यक्ष धन बहादुर सारु मगरको सभापतित्वता मा र नेपाल मगर संघ, शाखा कतारका केन्द्रिय अध्यक्ष महेन्द्र थापा मगर को प्रमुख आतिथ्यमा सनैया “बि” एरिया समितिका सचिव फरियोज थापा मगर को संचालनमा सनैया ४४ लेफ्टमा अनबीव क्याम्पको भलिबल ग्राउन्डमा सम्पन्न भयो ।
उक्त एरिया भेलामा नेपाल मगर संघ, शाखा कतार केन्द्रिय समितिका महासचिव बिजय मगर, सचिव रबिन मगर, संगठनिक सचिव विवेक पुलामी मगर, सह कोषाध्यक्ष केशव घर्ती मगर सनैया “ए“ एरिया समितिका सहसचिव कर्ण थापा मगर र अलखोर एरिया समितीका अध्यक्ष मन कुमार रोकीम मगरको उपस्तिथि रहेका थिए ।

भेलामा बक्ताहरुले बोल्दै बक्ताहरुले संगठन के हो, यस को महत्व, नेपाल देखि कतार तथा अन्य प्रवासमा स्थापित भएको मगर संघहरुको भुमिका, यसको दायित्वको वारेमा जानकारी दिंदै सनैया “ बि“ एरिया समितिको पाँचौ भेलाको सफलताको शुभकामना दिनुभएको थियो भने सनैया “ बि “ एरिया समितिका सचिव फरियोज थापा मगर बाट समिति को संगठानिक प्रतिबेदन र कोषाध्यक्ष बाट आर्थिक प्रतिबेदन प्रस्तुत गरेका थिए भने उपस्तिथ सम्पुणसदस्यले सामान्य संशोधन गरी उक्त संगठनिक र आर्थिक प्रतिबेदनलाई ताली मारेर पारित गरिएको थियो । साथै सनैया “बि“ एरिया समितिका उपाध्यक्ष नरेन्द्र लायो मगर को सनैया बाट सरुवा भएर साहानिया जानू भएकोले उक्त पद हरी दर्लामी मगरलाई र अन्य रिक्त सदस्य पदहरुमा प्रेम पुन मगर र देउ बहादुर लुंगेली मगरलाई सर्वसहमतले मनोनित गरी चयन गरिएको थियोे ।

नेपाल मगर संघ, शाखा कतारका अध्यक्ष महेन्द्र थापा मगरले बोल्नु हुँदै नेपाल मगर संघ, शाखा कतारले गर्दै आएका कामहरु र संस्थाले भाबी दिनमा गर्ने कार्ययोजना बारेमा जानकारी गराउनु भयो र साथै सम्पुर्ण मगरहरु को एकताको आवश्यकता रहेको जानकारी दिनु भयो पदपूर्ति भएका नयाँ सदस्यहरु लाई नेपाल मगर संघ, शाखा कतारमा स्वागत गर्दै सफल कार्यकाल को शुभकामना ब्यक्त गर्नुभयो ।

अन्त्यमा बोल्नु हुँदै सभापति सनैया “बि“ एरिया समितिका अध्यक्ष धन सारु मगरले उपस्थित सम्पुर्णलाई धन्यवाद दिनुहुदै सनैया “बि“ एरिया समितिले आउदो दिनहरुमा केन्द्र संग हातमा हात मिलाइ अघि बढदै जाने प्रतिबद्ध गर्दै कार्यक्रम लाई समापन गर्नु भयो ।

सहानियां एरिया समितिको पुर्नगठन

नेपाल मगर संघ,शाखा कतार, साहानिया एरिया समितिले मिति २७ मे २०१६ शुक्रबारका दिन पदमथापामगर को सभापतित्व तथा कुल ब. लुंगेलीमगरको सञ्चालनमा केन्द्रिय समितीका प्रथम उपाध्यक्ष शेर ब. रोका मगरको प्रमुखआतिथ्यमा, केन्द्रिय सदस्य हिम ब. थापामगरको बिशेष आतिथ्यमा नेपाल मगर संघ,शाखा कतार साहानिया एरिया समितिको पुर्नगठन भएको छ ।

उक्त गठनवाट पदम थापामगर (पाल्पा) काअध्यक्षतामा ९ सदस्यिय समितिको चयन गरेको थियो । उपाध्यक्षमा नरेन्द्र ल्हायो मगर (सिन्धुली), सचिवमा कुल ब. लुंगेलीमगर (खोटाङ), सहसचिवमा श्याम वहादुर थापा मगर, कोषाध्यक्षमा याम वहादुर थापा मगर, सदस्यहरुमा, खुमवहादुर सारुमगर (पाल्पा), गमवहादुर खाम्चा मगर (पाल्पा), रिक्त पदमा आगामी बैठकमा पूर्ति हुने गरीे नेपाल मगर संघ,शाखा कतार, साहानिया एरिया समिति गठन गरेको छ ।

कार्यक्रमको औपचारिकता संगै शुरु भएको उक्त कार्यक्रममा न्तब्यको क्रममा बक्ताहरुले मगर र मगर संघको बारेमाचर्चा गर्नुहुँदै साहनिया एरिया समिती शुरुवात देखी नै रचनात्मककार्यहरु गर्दै आईरहेको र आगामी दिनहरुमा पनि अझउत्कृष्ठ कार्यहरु गर्ने आशा ब्यक्त गर्दै शुभकामना दिनुभएको थियो । कार्यक्रमकै शिलशिलामा प्रमुख अतिथी का प्रथम उपाध्यक्ष शेर ब. रोका मगरले संघको स्थापनाकाल देखिकोे गरेको कार्यहरु, संस्थाले बिश्वमा संगठित मगर संस्थाहरु संग गरेको सहकार्यका अवस्था, मार्च १ तारिख २०१५ देखि लागू हुने गरी नेपाल मगर संघ, केन्द्रिय कार्यालय काठमाण्र्डौवाट बैदेशिक शाखाको मान्यता पाएको र अझ कतारको मगर संघलाई जिम्मेवार थपिएको वारेमा जानकारी दिनुभएको थियो । अन्तमा सभापतिले धन्यवाद सहितकार्यक्रमको अन्त्य गर्नु भएको थियो ।





Comments

comments

Leave a Reply

12781