पूर्वराजा ज्ञानेन्द्रको चलखेल तीब्र, ३ हस्तीलाई बोलाएर गोप्य छलफल

दुई साताअघिदेखि झापाको हिमालयन टि स्टेटमा बस्दै आएका पूर्वराजा ज्ञानेन्द्रले आफ्ना तीन निकटस्थ भरतकेशर सिंह, प्रभाकर शमशेर र प्रभुशमशेर राणालाई पनि बोलाएका छन् ।

उनीहरु गएको शुक्रबार नै त्यता पुगेका थिए।पूर्वका केही जिल्लामा धार्मिक भ्रमण गर्न लागेका उनले देशको अवस्थाबारे जानकारी लिन र आफ्नो धारणा साटासाट गर्न तीन जनलाई बोलाएको बुझिएको छ ।

उनले अवको दिनमा कसरी अघि बढ्ने भनेर परामर्श गर्न तीन जनालाई बोलाएको स्रोतले बताएको छ । नेपाल समाचारपत्र दैनिकमा खबर छ।

राजतन्त्र व्युँताउन भित्रभित्रै लागिपरेका तीन हस्तीलाई आफ्नो स्वामित्वमा रहेको टि-स्टेटमा बोलाउनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

Leave a Reply

12798