छापामार शैलीमा हङकङको महावाणिज्यदूतावासभित्रै विरोध र धर्ना (लाईभ भिडियोसहित)

एचकेनेपाल डट कम संवाददाता –
हङकङ, ३१ मे । आफ्नो कार्यभार सम्हालेका केही दिनमै हङकङका नेपाली महावाणिज्यदूत कमलप्रसाद भट्टराईले यहाँका नेपालीहरुको कडा विरोधको सामना गर्न वाध्य भएका छन् ।

आदिबासी जनजाति महासंघ हङकङ र नेपाली जातीय गठबन्धन हङकङको संयुक्त पहलमा छापामार शैलीमा महावाणिज्यदूतावास पुगेका उनीहरुले कार्यालयभित्रै पुगेर आइतवार दिउंसो विरोध र धर्ना कार्यक्रम गरे।

उनीहरुले ‘जनजातिमूलका नेपाली महावाणिज्यदूत नियुक्त गर’ भन्ने ब्यानर र विरोधस्वरुप कालो प्ले कार्डहरु बोकेका थिए।

विरोध कार्यक्रमपछि महावाणिज्यदूत भट्टराईले उनीहरुका जिज्ञासाबारे जानकारी लिएका थिए।

विरोध तथा धर्ना कार्यक्रममा आदिबासी जनजाति महासंघ हङकङका अध्यक्ष एमबी थापा मगर, पूर्वअध्यक्ष भूपेन्द्र चेम्जोङ र नेपाली जातीय गठबन्धन हङकङका सचिव किसन राईले कार्यक्रमको अौचित्यबारे प्रष्टाएका थिए।

हङकङमा जनजातिमूलका नेपाली महावाणिज्यदूत हुनु पर्ने माग राख्दै आएपनि नेपाल सरकार उनीहरुको मागप्रति उदाशिन देखिएपछि उनीहरुले पटक पटक विरोध, धर्ना, नाराबाजी गर्दै हङकङका लागि नियुक्त भएका सबै महावाणिज्यदूतलाई बहिष्कारसमेत गर्दै आईरहेका छन्।

२००६ देखि उठाउंदै आएको मागलाई पूरा गर्न नेपाल सरकारलाई दिदै आएको दबाबलाई अहिले पनि निरन्तरता दिएको छ र यो माग पूरा नहुञ्जेल जारी रहने उनीहरुले जनाएका छन्।

LIVE: हङकङ नेपाली महाबाणिज्यदूतावासको कार्यालयभित्रै विरोध कार्यक्रम

नेपाली जातीय गठबन्धन हङकङका सचिव किसन राई एचकेनेपाल डट कमद्वारा प्रसारित लाईभ फेसबुक भिडियोमा बोल्दै…
लाईभ भिडियोः जगतअम्बु गुरुङ / एचकेनेपाल डट कम

Posted by HKNepal.com on Monday, 30 May 2016

नवनियुक्त महावाणिज्यदूत कमलप्रसाद भट्टराई र आदिवासी जनजाति महासंघका पूर्वअध्यक्ष भूपेन्द्र चेम्जोङ

आदिबासी जनजाति महासंघ हङकङका अध्यक्ष एमबी थापा मगर…

हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय

Comments

comments

Leave a Reply

12812