रहस्यमै छन् बलिउडका यी घटना

बलिउडका केही कलाकर्मीको जीवन, जीवनशैली र मृत्यु रहस्यमय छ । को कहाँ, कसरी बाँचेको छ र कसको कसरी मृत्यु भयो भन्ने भेउ पाउन मुस्किल छ । जीवित रहेका कतिपय कलाकर्मीको जीवनशैली कसैलाई थाहा छैन भने अल्पायुमै मृत्यवरण गरेका केही सेलेब्रिटीको आत्महत्या वा हत्या के हो ? त्यो पनि रहस्यमै छ । बलिउडका केही प्रतिनिधि पात्र र रहस्यमयी घटना:

परविनको निधन
सत्तरी र असीको दशकमा अभिनयका कारण बलिउडमा चर्चित रहेकी सुन्दरी हिरोइन परविन बबी सन् २००५ को २२ जनवरीमा आफ्नै घरमा मृत अवस्थामा फेला परिन् ।

उनको अपार्टमेन्टको ढोकामा तीन दिनसम्म पत्रिका र दूध थुप्रिएको र भित्रबाट दुर्गन्ध आउन थालेपछि मात्रै परविनका बारेमा वरपरका मान्छेले सोधीखोजी गरेका थिए । पुलिसले ढोका फोडेर हेर्दा परविन मृत अवस्थामा थिइन् । उनको मृत्युको कारण रहस्यमै छ ।

जियाको हत्या कि आत्महत्या ?
सन् २०१३ जुन ३ मा अभिनेत्री जिया खान आफ्नो अपार्टमेन्टमा मृत फेला परिन् । ‘नि:शब्द’, ‘गजिनी’, ‘हाउसफुल’लगायतका फिल्मकी अभिनेत्री जिया सुरज पंचोलीको प्रेममा थिइन् । जियाको मृत्युलाई उनको परिवारले हत्या दाबी गर्दै आएको छ भने कतिपयले आत्महत्या भन्ने गरेका छन् ।

जियाका प्रेमी सुरजले उनलाई आत्महत्या गर्न बाध्य पारेको उजुरी जियाकी आमाको छ । मृत्युको केही महिनाअघि जिया गर्भवती भएकी र सुरजले उनलाई औषधि खुवाएर गर्भपतन गराएको खुलासा पहिल्यै भएको हो । त्यसपछि जियासँग सुरज टाढिँदै गए । प्रेमी टाढिँदै गएकाले जिया डिप्रेसनको सिकार भएकी र अन्तत: आफूलाई सिध्याएको बताइने गरिएको छ । जियाले आत्महत्या गरेकी हुन् कि कुनै दबाबमा परेर वा अन्य कुनै कारणले उनको हत्या गरिएको हो ? यसबारे भारतीय पुलिसले अनुसन्धान गरिरहेको खबर नयाँ पत्रिका दैनिकमा छ ।

रेखाको सिउँदोमा सिन्दुर
बलिउडकी चर्चित अभिनेत्री रेखाले सन् १९९१ मा दिल्लीका व्यापारी मुकेश अग्रवालसँग बिहे गरेकी थिइन् । मुुकेशले बिहेको एक वर्ष नपुग्दै आत्महत्या गरे । उनले मर्नुअघि लेखेको सुसाइड नोटमा आफ्नो आत्महत्यामा कसैलाई पनि दोषी नठहर्‍याएको व्यहोरा उल्लेख थियो । मुकेशले आत्महत्या गरेका बखत रेखा कुनै काम विशेषले लन्डन गएकी थिइन् । पछि, रेखाले विनोद मेहरासँग बिहे गरिन् । विनोदको पनि केही वर्षपहिला नै निधन भइसकेको छ । तर, रेखा सधैँ सिउँदोमा सिन्दुर लगाउने गर्छिन् । यसको खास कारण के हो ? रेखाले त्यसपछि पनि कसैसँग बिहे गरिन् त ? यसबारे भने बलिउडकर्मी बेखबर नै छन् ।

प्रत्युषाको अन्त्य
चर्चित टेलिशृंखला ‘बालिका वधू’की चर्चित अभिनेत्री प्रत्युषा बेनर्जी अप्रिल १ मा आफ्नै घरमा मृत फेला परिन् । उनी पंखामा झुन्डिरहेकी थिइन् । उनका नजिकका साथीहरू उनले प्रेमी राहुल राजबाट पाएको धोकाका कारण आत्महत्या गरेको बताउने गरेका छन् ।
प्रेमी राहुलको अर्की युवतीसँग अफेयर चलेको थाहा पाएपछि प्रत्युषा र राहुलबीच ठूलो झगडा परेको थियो । सोही तनावमा प्रत्युषाले आत्महत्या गरेको अनुमान गरिँदै आएको छ । प्रत्युषाको परिवारले भने यसलाई हत्या दाबी गर्ने गरेको छ । मुद्दाको अनुसन्धान भइरहेको छ ।

अभिषेक र करिश्माको इन्गेजमेन्ट
अभिषेक बच्चनले सन् २००२ मा करिश्मा कपुरसँग इन्गेजमेन्ट गरेका थिए । उनीहरू केही समयपछि बिहे बन्धनमा बाँधिने तयारीमा थिए । तर, इन्गेजमेन्ट गरेको तीन महिनामै उनीहरू छुट्टिए । उनीहरू किन छुट्टिए, त्यसको खास कारण भने बलिउडकर्मीलाई थाहा छैन । तर, पारिवारिक कारणले एक–अर्काको हुन नसकेको बताउने गर्थे । करिश्मालाई त्यागेपछि अभिषेकले सन् २००७ मा ऐश्वर्या रायसँग बिहे गरे । अभिषेकसँग छुट्टिएपछि करिश्माले व्यापारी सञ्जय कपुरसँग बिहे गरेर दुई बच्चा जन्माएर डिभोर्स पनि गरिसकेकी छिन् ।

आफैँ खसिन् कि खसालिइन् दिव्या
सन् १९९३ अप्रिल ५ को राति ११ बजे मुम्बईको वर्साेवास्थित तुलसी अपार्टमेन्टको पाँचौँ तलाबाट खसेर अभिनेत्री दिव्या भारतीको निधन भयो । जम्मा १९ वर्षकी दिव्याको मृत्यु अहिलेसम्म पनि रहस्यमै छ । उनी पाँच तला माथिबाट आफैँ खसेकी हुन् कि कसैले धकेलिदिएको हो, त्यसबारे अहिलेसम्म पनि अन्योल नै छ । दिव्याले ‘सोला और सबनम’, ‘दिल आसना है’, ‘दिवाना’लगायतका हिट फिल्म दिएकी थिइन् ।

किन गायब भइन् ममता ?
९० को दशकमा ममता कुलकर्णी निकै चर्चित थिइन् । ‘तिरंगा’, ‘वक्त हमारा है’, ‘बाजी’, ‘करण अर्जुन’, ‘घातक’, ‘चाइनागेट’लगायतका फिल्मका कारण उनी चर्चामा थिइन् । तर, उनी एकाएक बलिउडबाट गायब भइन् । सन् २००२ मा उनको अन्तिम फिल्म ‘कभी तुम कभी हम’ प्रदर्शन भएको थियो । कहिले उनको नाम अन्तर्राष्ट्रिय स्मगलर बिकी गोस्वामीसँग जोडियो त, कहिले उनी साध्वी भइन् भन्ने खबर आयो । उनले धर्म परिवर्तन गरेको भन्नेहरू पनि थुप्रै छन् । तर, उनी अचेल कहाँ के गर्दै छिन् भन्ने कसैलाई थाहा छैन ।

हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

Leave a Reply

12869