मिस पूर्वाञ्चलको रक्तदान

सौरभ श्रेष्ठ / एचकेनेपाल डट कम –
धरान, पूर्वको ठूलो सौन्दर्य प्रतियोगीता नेपाल आईस नेचुरा मिस पूर्वाञ्चलका सहभागीहरुले शनिबार रक्तदान गरेका छन् ।

सिल्भर ईन्टरटेन्मेन्ट र हाईट ईभेन्टको आयोजना र वराह ज्वेलरीको प्रस्तुतिमा भईरहेको मिस पूर्वाञ्चलमा सहभागीहरुलाई सामाजिक उत्तरदायित्व प्रशिक्षण अन्तर्गत रक्तदान कार्यक्रम आयोजना गरिएको हो ।

भानुचोकमा आयोजीत रक्तदान कार्यक्रममा १९ पिन्ट रगत संकलन भएको छ ।

मिस पूर्वाञ्चलका सहभागीहरुलाई सुनसरी जिल्ला न्यायाधीश अर्जुन कोईराला, वातावरणविद् राजेन्द्र खनाल लगायतले प्रशिक्षण दिईरहेका छन् ।

प्रियारानी लामाले नियमित कोरियोग्राफी प्रशिक्षण दिईरहेको क्रियटिभ डाईरेक्टर राजेन्द्र रिमालले जानकारी दिए । असार ११ गते धरान सभागृहमा हुने फाईनल प्रतिष्पर्धा विशेष बनाउन आयोजक लागि परेको निर्देशक छत्र लिम्बुले जनाए।

तस्वीर ः मिस पूर्वाञ्चलका सहभागीलाई प्रशिक्षण दिंदै जिल्ला अदालत सुनसरीका न्यायाधीश अर्जुन कोइराला ।





Comments

comments

Leave a Reply

12874