साइप्रसमा विल्सन र तोक्मे बुढोको “समर धमाका “

सौरभ श्रेष्ठ / एचकेनेपाल डट कम –
पर्यटकीय देश साइप्रसमा आउँदो जुन १९ गते आइतबार अहिलेका चर्चित नेपाली हाँस्य कलाकार , गायक विल्सन बिक्रम राई अर्थात् तोक्मे बुढो “समर धमाका “ मार्फत साइप्रसबासी नेपाली तथा विभिन्न देशबाट घुम्न आएका पर्यटकहरु बीच आफ्नो धमाकेदार प्रस्तुति दिन साइप्रस आउंदैछन् ।

एकि गाइज तथा ब्रिटिश गोर्खा साइप्रसको आयोजनामा हुन लागेको कार्यक्रम लिमासोलको फिग्स्रो हलमा आयोजना हुदैछ । कार्यकर्म स्थलसम्म आउन-जान साइप्रसका बिभिन्न स्थानबाट बसको व्यवस्था गरिने भएको छ।

पछिल्लो समयमा “सेन्तेरेम “ गीत बाट गायकको रुपमा थप चर्चामा आएका विल्सन बिक्रम राई र उनको बाजे अवतार तोक्मे बुढोको जोडदार प्रस्तुतिबाट साइप्रसको समर धमाकामाय हुने कुरामा बिस्वस्त रहेको आयोजक तथा स्थानीय चर्चित डिजे जेजे ले बताए ।

विल्सन बिक्रम राई र तोक्मे बुढो जादुमय प्रस्तुतीपछि डिजे जेजेले आफ्नो संगीतको तालमा दर्शकहरुलाई नचाउने जिम्मा लिएका छन् ।

स्थानीय कलाकारहरुको समेत प्रस्तुति रहने बुढो “समर धमाका “को संचालन स्थानीय लोकप्रिय संचालक सुरेन लिम्बुले गर्दैछन ।

कम मात्रामा नेपालीहरुको कार्यक्रम हुने साइप्रसमा अहिले आएर केही मात्रामा कार्यक्रमहरु हुने क्रम बढिरहेका छन्।

यहि समूहले आयोजना गरेको अघिल्लो कार्यक्रम नेपलिज धमाका २०१६ को सफल आयोजना पश्चात आयोजना हुन लागेको र पहिलो पल्ट विल्सन बिक्रम राई र उनको बाजे अवतार तोक्मे बुढो आउन लागेको खबरले अहिले साइप्रसवासी नेपालीहरु “समर धमाका “मा प्रवेशको प्रतिक्षामा छन्।





Comments

comments

Leave a Reply

12878