नायिका जान्वी बोहरा अभिनित म्युजिक भिडियो रिलिज (भिडियोसहित)

मनोज थापा / एचकेनेपाल डट कम –
काठमाडौं, चर्चित नायिका जान्वी बोहराले अभिनय गरेको कमेडि  लोकदोहोरी गीत फेसबुकमा फोटो हालिछौंको भिडियो सार्वजनिक भएको छ। बाबुराम बोहराको शब्दमा एकनारायण भण्डारीको लय सृजनामा तयार भएको यस गीतमा जेपी श्रेष्ठ र रमिला न्यौपानेको स्वर सुन्न सकिन्छ ।

जान्वीको साथमा यस गीतको भिडियोमा हास्य कलाकार कमल गाउँलेको अभिनय रहेको छ । शंकर विसीको निर्देशनमा तयार भएको यस गीतलाई तिर्सना म्युजिकले बजारमा ल्याएको हो । नायिका जान्वी बोहरा नेपाली चलचित्रमा प्रवेश गर्नु भन्दा पहिले लामो समय रंगमञ्चमा सक्रिय रहेकी थिईन ।

हाल चलचित्र, टेलिचलचित्र बाहेक विभिन्न  म्युजिक भिडियोमा अभिनयमा सक्रिय छिन् । उनी आधुनिक, पप, लोक दोहोरी, कमेडी सबै गीतमा अभिनय गरेकी छिन् । कलाकारले कलाको हरेक विद्यामा काम गर्न सक्नु पर्ने उनको मान्यता छ । उनले अभिनय गरेको गीतहरु एक पछि अर्को दर्शकको रोजाईमा पर्ने गरेको छ । त्यस कारण पनि उनी निरन्तर म्युजिक भिडियोमा अभिनय गरिहेकी छिन् ।





Comments

comments

Leave a Reply

12897