मिस एसएलसीको उपाधि धरानकी प्रमु गुरुङलाई

सन्तोष काफ्ले / एचकेनेपाल डट कम –
धरान। ३० प्रतिपस्पर्धीलाई पछि पार्दै धरानकी प्रमु गुरुङले मिस एसएलसी २०१६ को ताज पहिरिन सफल भएकी छन् ।

मिस क्याटवक, मिस व्युटिफुल र मिस पर्सनालिटीको उपाधिसमेत हात पारेकी विजेता गुरुङले नगद ३५ हजार, धरान उच्चको पूर्ण छात्रवृति, क्राउन, ट्रफी र प्रमाण पत्र प्राप्त गरिन् । उनलाई मिस एसएसीकी गतबर्षकी विजेता एलिसा लिम्बुले ताज पहिर्याकी थिइन्।

धरान सभा गृहमा शनिबार सम्पन्न प्रतियोगितामा मुख्य निर्णायक मिस नेपाल इभाना मानन्धरले सोधेको ‘ तपाई एसएलसीपछि नेपाल अध्ययन गर्दा कुन बिषयमा र विदेशमा अध्ययन गर्दा कुन विषयमा अध्ययन गर्नुहन्छ ? ’ भन्ने प्रश्नमा गुरुङको उत्तर थियो , ‘एसएलसी पछि विदेश नजाने नेपालमै व्यवस्थापन बिषयमा अध्ययन गरेर बिजनेज उमन बन्दै नेपालमा रहेका महिला तथा बाल बालिकाहरुको लागि हेल्थ अर्गनाइजेसन खोली सेवा गर्छु ’ ।

प्रतियोगिताको फष्ट रनर अप आश्मा लिम्बूले ताजसंगै नगद २५ हजार र विभिन्न उपहारहरु हात पारिन् भने सेकेण्ड रनरअप घोषित हुदै स्वेता दाहाल ताज नगद २० हजार र विभिन्न उपहार हात पारिन् । फस्ट र सेकेण्ड रनरअपले भने धरान उच्चमा ५० प्रतिशत छुटमा छात्रवृति प्राप्त गर्ने छन् ।

मिस डिसिप्लिन सुजता राई, मिस फ्रेण्डसिप अनुसा राई, मिस फोटोजेनिकमा एलिसा श्रेष्ठ र मिस ट्यालेन्टमा शिखा मोक्तान घोषित हुदै ट्रफी र प्रमाण पत्र हात पारे ।

विजेताहरुलाई बराह ज्वेलरीका मानबहादुर दियाली, आयोजक धरान जेसिज २०१६ का अध्यक्ष अतुलदीप श्रेष्ठ, निर्णायकहरु श्याम काब्रालगायतले पुरस्कार वितरण गरेका थिए । स्पर्धामा ३१ जना सहभागी थिए ।

हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

Leave a Reply

12990