‘प्रेमगीत’ फिल्म युट्युवबाट सार्वजनिक (भिडियोसहित)

एचकेनेपाल डट कम संवाददाता –
दर्शकको मन जितेको नेपाली चलचित्र ‘प्रेमगीत’ अब सबैले युट्युवबाट निशूल्क हेर्न पाउने भएका छन्।

चलचित्रलाई शुक्रवार अफिसियली युट्युवमा राखिएको हो ।

यसअघि रिलिजसँगै विदेश प्रदर्शनको क्रममा पाईरेसीको मारमा परेको थियो ‘प्रेमगीत’।

हङकङलगायत देशविदेशमा प्रदर्शन भएर दर्शकको मन जितेको ‘प्रेमगीत’ को एउटा गीत ‘म यस्तो गीत गाउंछु’ अत्यन्त हिट भएको थियो।

सुदर्शन थापा निर्देशित फिल्म ‘प्रेमगीत’ आशुसेन फिल्मस् प्रालिको प्रस्तुती तथा सन्तोष सेनको निर्माणमा बनेको हो ।

‘प्रेमगीत’बाट अभिनेता प्रदिप खड्कालाई चर्चित बन्ने अवसर जुट्यो। चलचित्रमा खड्कालाई अभिनेत्री पूजा शर्माले साथ दिएकी छन् ।

चलचित्रको सफलतापछि निर्माता सेन अहिले ‘प्रेमगीत’को सिक्वेल निर्माणमा जुटेका छन् ।

पूरा फिल्म यहाँ क्लिक गर्नुहोस्





Comments

comments

Leave a Reply

13062