‘हिमालकी रानी’ बनेर चलचित्रमा आउदै शान्ता तामाङ

सुर्य चन्द / एचकेनेपाल डट कम –
काठमाडौँ : हिमाल नै हिमालले भरिएको हाम्रो सुन्दर देश नेपालमा बिश्वलाई आकर्षित गर्न सक्ने आकर्षण छ ।

हिमाल जति स्वच्छ र सुन्दर छ त्यति नै राम्रो अनि पबित्र मन छ। हिमाली भेगमा बस्ने नेपालीहरुको र सुन्दर मनसंगै सुन्दर तन पनि भएका हिमालीहरुको कथा बस्तुलाई समेटेर बन्दैछ नेपाली कथानक चलचित्र “हिमालकी रानी”।

हुन त हिमालकी रानी भनेर हिमालमा बस्ने अनि हिमाली भेगका शेर्पा समुदाय तथा तामाङ समुदायलाई चिनिन्छ। तर, नेपाली कथानक चलचित्र ‘हिमालकी रानी’ मा भने शान्ता कुमारी तामाङको प्रमुख अभिनय रहेको छ ।

हिमाली भेगको रहन सहन अनि जीबन शैलीको आधारमा बनाउदै गरेको यस चलचित्र हिमालकी रानीमा नायिका शान्ता लामा चौरी गोठालोदेखि कसरि चिज उद्योगको मालिक बनिन र हिमाली क्षेत्रको जीबन यापन शैलीको बारेमा चलचित्र मार्फत निर्देशक रोशन फ्युवा र उनका साथीहरूले हिमाली जनजीवन र परिवेशमै पुगेर छायाङ्कन गरी चलचित्र ‘हिमालकी रानी’को निर्माण गरेका छन् ।

चलचित्रमा नेपालको हिमाली भेगमा बसोबास गर्ने समूदायको समग्र प्रतिनिधित्व स्वरूप उनीहरूको जीवनस्तर, लवाई खवाई, रहन सहन र मायाप्रितीसँग जोडिएका विविध पक्षहरूलाई समेटिएको छ । यदि मिहिनेत गर्यो भने कुनै काम गर्नलाई असजिलो छैन र हामीले हरेक काममा सफलता पाउछौ भन्ने सन्देश दिने व्यवसायी समेत रहेका कलाकार तथा निर्माण समूहका प्रदिप फ्युवाले जानकारी दिए।

चलचित्रमा समावेश गरिएका सम्पूर्ण दृश्य वास्तविक भएको दाबी गर्दै उनले भने– ‘हामीले यो चलचित्रमा अभिनय भन्दा पनि वास्तविकता उतार्न खोजिएको छ ।करिब ९० प्रतिशत छायाङ्कन सकिएको चलचित्रको बाँकी काम अभिनेता एवम् क्याप्टेन विजय लामाको साथमा काठमाडौंमा हुने बताइएको छ ।

चलचित्रको ८० प्रतिशत छायाङ्कन भने गणेश हिमालको आसपासमा अवस्थित धादिङको तिप्लिङ र रसुवाको गत्लाङमा गरिएको छ । जसले हिमाली भेगमा बसोबास गर्ने तथा त्यहाँबाट दुर्गम गाउँ, हिमालको कुहिरो भित्र लेकबेंशी गर्दै जीवन बिताउनेहरूको कथा छर्लङ्ग हनेछ । त्यस्तै हिमालकी एक चेलीको यथार्थ कथालाई चलचित्रले केन्द्रभागमा राखेको बताइएको छ ।

रोशन फ्युबा तामाङद्वारा निर्देशित चलचित्रलाई ल्हाप्साङकार्पाे म्युजिक सेन्टर प्रा.लि.ले प्रस्तुत गर्ने भएको छ । आउँदो दशैंको सेरोफेरोमा नेपालका सबै हलहरूमा रिलिज गर्ने तयारी गरिएको चलचित्रलाई विदेशमा पनि रिलिज गरिने भएको छ ।

चलचित्रमा स्थानीय कलाकारहरू प्रदिप फ्युबा, नायिका शान्ताकुमारी तामाङ ( फस्ट रनर अफ मिसेस आइकन २०१५ तथा समाजसेवी), प्रकाश वाईबा, लक्ष्मी घिसिङ, मर्नेन वाईबा, मिग्मार घले (स्योप्ता), कान्छा लामा, गोम्बो तामाङ, गा घले जयवीर तामाङ र महेन्द्र तामाङलगायतले अभिनय गरेका छन् ।

निर्देशक रोशन फ्युबा तामाङको कथा, पटकथा, सम्वाद र गीत रचना तथा संगीत चलचित्रमा रहेको छ भने प्रकाश वाईबाले छायाङ्कन गरिरहेका छन् । त्यसैगरी सिङ्ग तामाङको नृत्य र महेन्द्र तामाङको द्वन्द्व चलचित्रमा समावेश गरिएको छ । ‘हिमालकी रानी’ प्रस्तुतकर्ता ल्हाप्साङकार्पो समूहको निर्माण रहेको उक्त चलचित्र निर्देशक रोशन फ्युबा तामाङको तेस्रो चलचित्र हो ।

उनका यसअघिका चलचित्रहरू पनि सफल भएको दाबी गरिएको छ । हिमाली परिवेशलाई समेटेर तयार पारिएको यो चलचित्रले दर्शकहरूको मन जित्ने र विगतका चलचित्रभन्दा राम्रो ब्यापार गर्ने दाबी निर्माण पक्षको छ ।

हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

Leave a Reply

13129