काबुलमा आत्माघाती बम विस्फोटनमा परेर १४ नेपालीको मृत्यु (नामावलीसहित)

रोशन मेवाहाङ / एचकेनेपाल डट कम–
असार ६, काबुल । अफगानिस्तानको राजधानी काबुलमा नेपाली सुरक्षागार्ड सवार मिनिबसमा आत्मघाती बम आक्रमण हुँदा १४ जनाको ज्यान गएको छ ।

सोमबार बिहानै मिनी बसलाई निशाना बनाएर गरिएको आत्मघाती बम आक्रमणमा १४ जना नेपालीले ज्यान गुमाएका छन् । यता परराष्ट्र मन्त्रालयका प्रवक्ता भरतराज पौड्यालले १२ नेपालीको मृत्यु भएको पुष्टि गरेका छन्। उनले घटनामा ७ घाइते भएको जनाएका छन्।

परराष्ट्र मन्त्रालयका अनुसार मृतकको नामावली यस प्रकारका छन्
चन्द्रबहादुर मगर, काठमाडौं
अमृतबहादुर थापा, लमजुङ
डम्बरबहादुर तामाङ, नुवाकोेट
कृष्णबहादुर ढुङ्गाना, चितवन
सुकबहादुर गुरुङ, स्याङ्जा
जीनेन्द्र सिंह थापा, रुपन्देही
मधुसदधन कोइराला, नुवाकोट
विदुरबहादुर क्षेत्री, काठमाडौं
लीलबहादुर गुरुङ, नुवाकोट
नवीनबहादुर क्षेत्री, पर्वत
अकुर तामाङ, सुनसरी
हरिबहादुर बढुवाल क्षेत्री, काठमाडौ

त्यसै गरी बम बिस्फोटनमा घाइते हुनेहरुको नामावली यस प्रकार छन्
प्रेमबहादुर क्षेत्री, मोरड
चेतप्रसाद शेरचन, म्याग्दी
कुमारबहादुर गुरुङ, गोरखा
मानवहादुर थापा, चितवन
कृष्णकुमार देउजा, चितवन
अमृत रोकाया क्षेत्री, सुर्खेत
च्याङ्वा तामाङ, नुवाकोट

क्यानडियन दूतावासमा कार्यरत १४ जना नेपाली सुरक्षाागार्ड रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । अफगानी अधिकारीका अनुसार यस हमलामा परेर ३० भन्दा धेरै मानिस गम्भीर घाइते भएका छन् ।

आक्रमणमा परेको यस मिनिबसमा १४ जना नेपाली सुरक्षागार्ड जललावादको बाटो हुंदै काबुलस्थित क्यानडियन दूतावासको कार्यालय ड्युटीका लागि सवार थिए।

अफगानिस्तानमा रामधान सुरुवात भएको महिनाको पहिलो आक्रमण रहेको तालिवान प्रवक्ताले दावी गरेका छन ।

स्थानीय प्रहरीका अनुसार आत्ममघाती हमलामा संलग्न व्यक्ति पैदल नै सवार थिए । आत्माघाती आक्रमणकारीले मिनिबस आफू नकिज आइपुगेपछि बम विस्फोटन गराएको जनाएको छ।





Comments

comments

Leave a Reply

13140